Jagaran Post Advertisement
ब्रेकिङ न्युज:

बुटवलको कान्ति मावि जिल्लाकै ‘उत्कृष्ट सामुदायीक विद्यालय’

जागरण पोस्ट ३० असार २०७८, बुधबार २१:१२

रुपन्देही : बुटवलको कान्ति माध्यमिक विद्यालय रुपन्देही जिल्लाकै उत्कृष्ट विद्यालयको रुपमा सम्मानित भएको छ । लुम्बिनी प्रदेशको शिक्षा तथा सामाजिक विकास मन्त्रालय अन्तर्गतको सामाजिक विकास डिभिजन कार्यालयले रुपन्देहीका १६ वटा पालिकाहरुबाट सामुदायीक बिद्यालयहरुको मूल्यांकन गरी कान्ति मा.विलाई सम्मान गरेको हो। सम्मानस्वरुप विद्यालय २ लाख ७५ हजार रकमबाट सम्मानित भएको छ ।

मंगलबार एक कार्यक्रमका बिच उत्कृष्ट बिद्यालय र सामुदायीक विद्यालयका शिक्षकहरुलाई प्रदेश सरकारका शिक्षा तथा सामाजिक विकास मन्त्री धर्मबहादुर लाल श्रीवास्तव, मन्त्रालयका सचिव महादेव पन्थ लगाएतले सम्मान गरेको डिभिजन कार्यालय प्रमुख दिवाकर भण्डारीले जानकारी दिए । नमुना विद्यालय छनौटका लागि १० वटा सुचकहरुलाई आधार मानिएको थियोे। जसअन्तर्गत विद्यार्थी संख्या, शिक्षक दरबन्दी, एसईई जिपिए, विद्यालयको मानव विकास सूचाङ्क, भौगोलिक अवस्था, दलित विद्यार्थी संख्या, विभिन्न समयमा संघीय र प्रदेश सरकारबाट प्राप्त सम्मान तथा विद्यालयको सिकाई उपलब्धिलाई आधार मानेर उत्कृष्ट विद्यालय छनौट गरिएको थियो ।

डिभिजन कार्यालयमा हरेक पालिकाले एक विद्यालय पठाएको र सोहि अनुसार छनोट गरिएको कार्यालय प्रमुख भण्डारीले जानकारी दिए । साथै डिभिजनको कार्यक्षेत्र नवलपरासी र रुपन्देही भएकोले २ जिल्लाका १÷१ सामुदायीक विद्यालय छनोट गरिएको उनको भनाई छ ।

त्यस्तै सुनवलको महाकवी देवकोटा मावि पनि नवलपरासिको जिल्लाकै उत्कृष्ट बिद्यालय बन्न सफल भएको छ। साथै सामुदायिक विद्यालयमा अध्यापन गरिरहेका शिक्षकहरु मध्ये रुपन्देहीका १४ र नवलपरासीका ७ शिक्षकलाई पनि पुरस्कृत गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७