ब्रेकिङ न्युज:

कर्णाली प्रदेशसभाको चालू अधिवेशन अन्त्य

Jagaran Post ३१ असार २०७८, बिहीबार ०८:५१

काठमाडौं : कर्णाली प्रदेशसभाको चालू अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले बुधबार राति १२ बजेदेखि प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्य गरेका हुन् ।

बुधबार राति बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो । सरकारको सिफारिसमा प्रदेश प्रमुख कलौनीले नेपालको संविधानको धारा १८३ (२) बमोजिम चालू अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुख कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को लगातारको अवरोधका कारण प्रदेशसभाका बजेट अधिवेशन प्रभावित भएको थियो । प्रदेश सरकारले असार १ गते आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गरे पनि त्यसयताका बैठक एमाले अवरोधले कार्यसूचीमा प्रवेश गर्न नपाई स्थगित हुँदै आएका थिए । प्रदेशसभाबाट बजेट पारित हुन नसकेपछि सरकार अध्यादेशबाट बजेट ल्याउने तयारीमा छ ।

एमाले प्रदेशसभा सदस्य पद्मा खड्काले प्रदेशसभामा विनियोजन विधेयक विचाराधीन रहेको अवस्थामा एक तिहाइ बजेटसहित पेश्की खर्च विधेयक ल्याउन सकिने संवैधानिक प्रावधान छँदाछँदै सरकार निरङ्कुश ढङ्गले अघि बढेको बताए । सदनमा सर्वोच्च अदालतको आदेशविपरीत आफ्ना सदस्यलाई सरकारले सत्तापक्ष बनाएको भन्दै मन्त्री पदबाट हटाउनुपर्ने एमालेको माग थियो । नेकपा (माओवादी केन्द्र) र नेपाली कांगे्रस गठबन्धनको सरकारमा हाल एमालेका तीन सदस्य मन्त्री छन् ।

Facebook Comments

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

धेरैको अपेक्षा थियो- सरकार गठन भएको ६ महिनापछि सरकारप्रमुखको हैशियतमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा गर्ने भनिएको सम्बोधनले देशका खास मूलभूत समस्याहरुको सम्बोधन गर्नेछन। देशमा

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८

राप्रपा महाधिवेशन – स्पष्ट सन्देश !

Jagaran Post १९ मंसिर २०७८, आईतवार १६:२५

नेकपा एमाले – `इलेक्सन´ कि `ओली सेलेक्सन?´

Jagaran Post १३ मंसिर २०७८, सोमबार ०६:१९