गोरुसिङ्गे-सन्धिखर्क सडक अवरुद्ध

Jagaran Post ३१ असार २०७८, बिहीबार १७:२७

अर्घाखाँची : अविरल वर्षाका कारण पहिरो जाँदा गोरुसिङ्गे सन्धिखर्क सडक अवरुद्ध बनेको छ ।

शीतगङ्गा नगरपालिका–१२ स्थित बसेरीको जङ्गलमा गएको पहिरोले आज बिहानदेखि गोरुसिङ्गे सन्धिखर्क सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक अम्मर थापाले जानकारी दिए ।

दैनिक परिरहेको अविरल वर्षाले सडकमाथिबाट पहिरो खस्न छाडेको छैन । पहिरो बगिरहँदा एक्स्काभेटरलाई पनि काम गर्न जोखिम रहेको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए ।

सडकमा पहिरो खसेपछि सन्धिखर्कबाट बाहिर जाने र बाहिरबाट सन्धिखर्क आउने गाडी बीच बाटोमै रोकिएका छन् । सडक सुचारु गर्ने कार्य भइरहेको इलाका प्रहरी कार्यालय ठाडाले बताएको छ ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६