काँग्रेस संसदीय दलको बैठक आइतबार संसद् भवन नयाँबानेश्वरमा बस्ने

Jagaran Post २ श्रावण २०७८, शनिबार १४:१०

काठमाडौं : नेपाली काँग्रेस संसदीय दलको बैठक साउन ३ गते दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने भएको छ ।

पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि दलको पहिलोपटक बैठक बस्न लागेको हो । सांसद डिला सङ्ग्रौलाले संसदीय दलको बैठक आइतबार नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्न लागेको जानकारी दिए ।

वि.सं. २०७४ को निर्वाचनपछि प्रमुख प्रतिपक्षी दलका रुपमा सदनमा भूमिका निर्वाह गर्दै आएको काँग्रेस गत साता सरकारको नेतृत्वमा पुगेपछि परिवर्तित परिस्थितिमा दल र सांसदले खेल्नुपर्ने भूमिकाका विषयमा बैठकमा छलफल हुने बताइएको छ ।

बैठकमा समसामयिक राजनीतिक परिस्थितिमा पार्टीले सदनमा निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा पनि छलफल हुने उनले बताए । आइतबार दिउँसो ४ बजे संसद् बैठकसमेत बोलाइएको छ । यसअघि बिहान १० बजे संसद्को कार्य व्यवस्था परामर्श समितिको बैठक बस्ने जनाइएको छ ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६