Jagaran Post Advertisement
ब्रेकिङ न्युज:

रोट्रयाक्ट क्लब अफ तिनाउ सिटी २०२१/२२ को अध्यक्षमा ज्ञवाली

जागरण पोस्ट ३ श्रावण २०७८, आईतवार १८:४७

बुटवल : रोट्रयाक्ट क्लब अफ तिनाउ सिटी बुटवलको छैठौं पदहस्तान्तरण कार्यक्रम शनिवार सम्पन्न भएको छ । रोटरी ३२९२ नेपाल भुटानका डिस्ट्रिक गभर्नर नोमिनी राजेन्द्र ध्वजूको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बर्ष २०२०/२१ का अध्यक्ष अनुप पाण्डेले बर्ष २०२१/२२ का अध्यक्ष अशोक ज्ञवालीलाई पद हस्तान्तरण गरेका थिए । नव नियुक्त अध्यक्ष ज्ञवालीलाई क्लवका संस्थापक अध्यक्ष ज्ञानेन्द्र गिरीले पद तथा गोपनियताको सपथ खुवाएका थिए ।

पद हस्तान्तरण कार्यक्रममा बोल्दै रोटरी डिष्टिक ३२९२ नेपाल भुटानका गर्भनर ध्वजूले समाज रुपान्तरणको अभियानमा युवाहरु लाग्नुपर्ने भन्दै स्वार्थभन्दा माथी रहेर सेवा गर्न क्लवलाई आग्रह गरे । शिक्षा, स्वास्थ्य तथा जनजिविकाका सामाजिक विषयमा क्लवले गरेका कार्यको प्रसंसा गर्दै गर्भनर ध्वजूले सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई अझ बढि परिस्कृत र परिमार्जित गर्दै लैजानुपर्नेमा उनले जोड दिए ।

त्यस्तै, कार्यक्रममा बोल्दै रोटरी क्लव अफ बुटवल साउथका अध्यक्ष ईन्जिनियर धुब्र धितालले पछाडि परेको बर्ग समुदायमा पनि अब रोट्रयाक्टको उपस्थिती हुनुपर्ने बताए । कार्यक्रममा रोट्रयाक्ट क्लव अफ तिनाउ सिटीका पुर्व अध्यक्षहरु उमेश अधिकारी, ज्ञानेन्द्र गिरी, प्रकाश पराजुली त्यस्तै रोटरियन प्रेम भुर्तेल, लक्ष्मण खरेल, ईन्द्र रिजाल लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

सो अवसरमा क्लवले खेल बर्ष व्यक्तिको रुपमा राष्टिय टिमका क्रिकेट खेलाडि कुशल भुर्तेललाई सम्मान गरेको थियो । क्लबका अध्यक्ष अनुप पाण्डे, प्रमुख अतिथि रोटरी डिष्टिक ३२९२ नेपाल भुटानका गर्भनर राजेन्द्र ध्वजूले नगद सहित भुर्तेललाई सम्मान गरेका थिए ।

कार्यक्रम टंकनाथ अधिकारीको स्वागत तथा मनोरथ अर्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७