Jagaran Post Advertisement
ब्रेकिङ न्युज:

उद्योगीहरुलाई तत्काल खोपको व्यवस्था गर्न रुपन्देही उद्योग संघको माग

जागरण पोस्ट ४ श्रावण २०७८, सोमबार १५:१०

रुपन्देही : उद्योगीहरुलाई कोभिड १९ विरुद्धको खोप तत्काल व्यवस्था गर्न रुपन्देही उद्योग संघले माग गरेको छ । संघका अध्यक्ष बाबुराम बोहोराको नेतृत्वको एक टोलीले जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङसँग भेट गरी खोप व्यवस्था गर्न आग्रह गरेको हो ।

संघका अध्यक्ष बोहोराले उद्योगीहरुले देशको अर्थतन्त्र, रोजगारी अभिबृद्धि र औद्योगिक विकासमा उल्लेख्य योगदान गर्दै आइरहेको भएपनि उद्योगीहरुलाई राज्यले प्राथमिकता नदिएकोप्रति गुनासो गरे । उनले उद्योगीहरु खोप व्यवस्था हुने आशामा धैर्य भई बसिरहेकोमा सरकारले विभिन्न क्षेत्रलाई प्राथमिकता दिंदै गर्दा उद्योगीलाई समेट्न नसकेकाले निजी क्षेत्र चिन्तित बनेको बताए । सो क्रममा संघमा आवद्ध सदस्यहरुको नामावली सहितको अनुरोध पत्र प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी तामाङले उद्योगीहरुलाई खोप व्यवस्था गर्न आफू चिन्तित रहेको र अबको केहीदिन भित्र खोप व्यवस्था गरी संस्था मार्पmत सदस्यहरुलाई खोप उपलब्ध गराउने आश्वासन दिए । टोलीमा संघका वरिष्ठ उपाध्यक्ष माधब प्रसाद पौडेल, द्वितीय उपाध्यक्ष कृष्ण प्रसाद पराजुली, महासचिव जिवकान्त काप्mले र प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७