Jagaran Post Advertisement
ब्रेकिङ न्युज:

कक्षा १२ को परीक्षा साउन चौथो हप्ता गर्ने तयारी, परीक्षा सय पूर्णांककै हुने

जागरण पोस्ट ४ श्रावण २०७८, सोमबार १५:५७

काठमाण्डौ : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा साउनको चौथो हप्ता गर्ने तयारी गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले परीक्षा सञ्चालन गर्न अनुमति दिने निर्णय गरेको जानकारी आएको बोर्डका अध्यक्ष प्रा।डा। चन्द्रमणि पौडेलले बताए ।

बोर्डले दुई हप्ताअघि भौतिक उपस्थितिमा परीक्षा गराउने अनुमति माग गर्दै शिक्षा मन्त्रालयमा निवेदन पठाएको थियो । मन्त्रालयले सीसीएमसीमा लगेको र सीसीएमसीले परीक्षा गराउने अनुमति दिएको जानकारी पाएको बोर्डका अध्यक्ष पौडेलले बताए ।

बोर्डको बैठकले निर्णय गरे अनुसार परीक्षा केन्द्र, मिति तोकिने र परीक्षा तालिका सार्वजनिक गर्ने तयारी थालेको छ । गत जेठ २६ गते तय भएको परीक्षा कोरोना संक्रमणको दोस्रो लहर तीव्र रुपमा फैलन थालेपछि स्थगित भएको थियो ।

त्यस्तै यो पटक कक्षा १२ को परीक्षा सय पूर्णांककै गराउने तयारी छ । गत वर्षको मूल्यांकन पद्धति प्रभावकारी नदेखिएकाले यो वर्ष सय पूर्णांककै गराउने तयारी गरेको बोर्डले जनाएको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार यो वर्ष ३ लाख ८६ हजार विद्यार्थीले परीक्षा फाराम भरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७