Jagaran Post Advertisement
ब्रेकिङ न्युज:

निजी क्षेत्रका लागि आवश्यक सहजीकरण गर्न तयार छौँ : प्रधानमन्त्री

जागरण पोस्ट ४ श्रावण २०७८, सोमबार २२:०७

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले निजी क्षेत्रको लगानी अभिवृद्धिमा आफूले सधैँ सहयोग गर्ने बताएका छन् ।

नेपाल उद्योग परिसङ्घको प्रतिनिधिमण्डलसँग आज भएको भेटमा उनले औद्योगिक विकासका लागि निजी क्षेत्रले लगानी वृद्धि गर्नुपर्ने भन्दै त्यसको सहजीकरणका लागि आफू तयार रहेको बताए ।

“हाम्रो पार्टीले निजी क्षेत्रलाई सधैँ प्रवद्र्धन गरेको छ”, प्रधानमन्त्री देउवाले भने, “तपाईंहरूलाई आवश्यक पर्ने नीतिगत सहजीकरणका लागि हामी तयार छौँ ।” उनले परिसङ्घले अघि बढाएको ‘मेक इन नेपाल-स्वदेशी’ अभियान नेपालको अर्थतन्त्रमा गुणात्मक परिवर्तन ल्याउन औजार बन्ने विश्वास व्यक्त गर्दै नेपाली वस्तुको उत्पादन र उपभोग बढाउन यस अभियानले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

प्रधानमन्त्री देउवाले कोभिडले निम्त्याएको सङ्कटसँग जुध्न सरकारले सबै संयन्त्रको प्रयोग गरिरहेको पनि बताए । “कोभिडले निम्त्याएको जटिलता नै सबैभन्दा ठूलो चुनौती हो”, उनले भने ।

भेटमा परिसङ्घका अध्यक्ष शतिशकुमार मोरले प्रधानमन्त्री देउवालाई बधाई ज्ञापन गर्दै निजी क्षेत्रले सरकारबाट ठूलो अपेक्षा गरेको बताए । उनले नीतिगत सहजीकरणमार्फत लगानी अभिवृद्धिको वातावरण बनाउन पनि आग्रह गरे ।

“आयातमुखी नेपाली अर्थतन्त्रलाई उत्पादनमुखी बनाउन हामी प्रयासरत छौँ”, उनले भने, “यसका लागि सरकारले नीतिगत र प्रक्रियागत सहजीकरण गरिदिनुपर्छ ।” अध्यक्ष मोरले नीतिगत स्थिरताले लगानी बढाउन सहयोग गर्ने भन्दै सरकारले त्यसमा ध्यान दिनुपर्ने उल्लेख गरे ।

परिसङ्घका निवर्तमान अध्यक्ष हरिभक्त शर्माले नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन र यसको नेतृत्व गर्न निजी क्षेत्र सक्षम रहेको भन्दै त्यसमा सरकारले साथ दिनुपर्ने बताए ।

यसैगरी, परिसङ्घका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले विद्यमान सङ्कटसँग जुध्न कोभिडविरुद्धको भ्याक्सिन आवश्यक भएको भन्दै त्यसको उपलब्धतामा सरकारले ध्यान दिनुपर्ने उल्लेख गरे ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा परिसङ्घका उपाध्यक्षहरू निर्वाण चौधरी, कृष्णप्रसाद अधिकारी, राजेशकुमार अग्रवाल, सुलभ अग्रवाल र वीरेन्द्रराज पाण्डे एवं महानिर्देशक यादवप्रसाद पौड्याल लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७