Jagaran Post Advertisement
ब्रेकिङ न्युज:

तिलोत्तमा नगरपालिका : अनलाईन प्रणालीबाट राजस्व भुक्तानी सुरु, लाइन लाग्नुपर्ने बाध्यताको अन्त्य

जागरण पोस्ट ५ श्रावण २०७८, मंगलवार १६:५६

रुपन्देही : जिल्लाको तिलोत्तमा नगरपालिकामा अनलाईन प्रणालीबाट राजस्व संकलन सुरु गरिएको छ । यो सेवासंगै अब जुनसुकै स्थानबाट पनि अनलाइनमार्फत राजस्व बुझाउन सकिने छ । नगरपालिकाले सुरु गरेको डिजिटल प्रविधिको मंगलबार एक समारोहकाबीच नगरप्रमुख बासुदेव घिमिरेले शुभारम्भ गरेका छन् ।

नगरपालिकाले सम्पति कर, घर बहाल कर, व्यवसाय कर लगायतका राजस्वलाई जुनसुकै ठाउँबाट पनि अनलाईनबाटै तिर्न सक्ने व्यवस्था मिलाएको हो । राजस्व तिर्नका लागि लाइन लाग्नुपर्ने पद्दतिको अन्त्य गर्न नगरपालिकाले अनलाइनबाटै राजस्व तिर्न मिल्ने व्यवस्था मिलाएको नगरप्रमुख घिमिरेले बताए । कर तिर्न लाइन बस्नैपर्ने परम्परागत शैलीलाई प्रविधिले प्रतिस्थापन गर्दा करदाताहरुलाई सहज हुने उनको भनाइ छ । अनलाइन माध्यमबाट कर निर्धारण र संकलन गर्न सकिने भएपछि दैनिक कति राजस्व संकलन भयो भन्ने थाहा पाउन समेत सहज हुनेछ ।

करदाताले कर तिर्न ई–पोर्टलमा विवरण भरेर दर्ता हुनुपर्छ । त्यसपछि ई–सेवा र खल्ती डिजिटल भुक्तानी प्रणाली प्रयोग गरेर मोवाइलबाटै कर भुक्तानी गर्न सकिनेछ । यो प्रणालीबाट राजस्व अनलाइनबाटै भुक्तानी गर्न र आफूले तिरेको शुल्कको रसिद अनलाइनबाटै प्राप्त गर्न सकिनेछ । यो प्रणाली सुरु गर्न करदाता पहिलो एक पटक वडा कार्यालयमा गएर विवरणहरु अद्यावधिक गराउनुपर्छ । त्यसपछि घरमै बसेर सेवा लिन सकिनेछ ।

प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलले नगरपालिका करदाताप्रति उत्तरदायी छ भन्ने कुरा अनुभुति गराउने गरी अनलाइन राजस्व सुरु गरिएको र यसले सुशासनमा टेवा पुर्याउने विश्वास व्यक्त गरे ।

त्यसैगरी नगरपालिकाले सेवाप्रवाह सम्बन्धी विभिन्न सफ्टवेयर तथा एप्लिकेशनहरु पनि सार्वजनिक गरेको छ । नगरपालिकाले अनलाइन राजस्वसहित ई–पेमेन्ट, टुरिजम एप, सम्पूर्ण सामुदायिक विद्यालयहरुमा मोबाइल एप्लिकेशन, हेल्लो मेयर सिष्टम, डकुमेन्ट व्यवस्थापन सिष्टम, नगरपालिका मोबाइल एप, सेन्ट्रलाइज्ड सिष्टम लगायतको लन्च गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७