Jagaran Post Advertisement
ब्रेकिङ न्युज:

निषेधाज्ञामा समयमा ६८० महिला तथा बालबालिकामाथि हिंसा

जागरण पोस्ट ५ श्रावण २०७८, मंगलवार १९:३६

काठमाडौँ : कोभिड–१९ रोकथामका लागि जारी भएको निषेधाज्ञाको समयमा ६८० महिला तथा बालबालिकामाथि हिंसाको घटना भएको छ । महिला पुनःस्थापना केन्द्र(ओरेक) ले सङ्कलन गरेको घटनाका आधारमा निषेधाज्ञाको समयमा धेरै महिला र बालबालिका पीडित भएको पाइएको हो । ओरेकले वैशाख १६ देखि असार ३१ गतेसम्म सङ्कलन भएका घटनाका आधार बनाएर अध्ययन गरेको थियो ।

सो अवधिमा अभिलेखीकरण भएकामध्ये सबैभन्दा बढी ३४१ घटना घरेलु हिंसा रहेको छ । झण्डै ५० प्रतिशत घरेलु हिंसाको घटना भएको तथ्याङ्कले देखाएको छ । एक सय ६८ शारीरिक हिंसा, ५८ गालीगलौच र मानसिक हिंसा, ३७ वटा चारित्रिक आरोपका घटना छन् । घटना हुनुको कारण विश्लेषण गर्दा महिलाले दाइजो नल्याएको वा कम ल्याएको, छोरा नजन्माएको निहुँ, विवाहको लामो समयसम्म सन्तान नजन्मिएको लगायत विषयमा महिलालाई दोष लगाएर गालीगलौच गरेको पाइएको छ । हिंसा पीडिक महिलामध्ये २८ जनालाई परिवारमा माया नदिएर बेवास्ता गरिएको, १० जनालाई विवाह दर्ता नभएको, आठलाई नागरिकता नबनाएको र पाँच जनालाई स्वास्थ्य उपचार नदिएको बताइएको छ ।

यस अवधिमा भएका घटनामध्ये २१ प्रतिशत बलात्कार, नौ प्रतिशत सामाजिक हिंसा, एक प्रतिशत बलात्कारको प्रयास, तीन प्रतिशत यौन दुव्र्यवहार र दुई प्रतिशत हत्याको प्रयास रहेको छ । यस अवधिमा तीन आत्महत्याको प्रयास, पाँच एसिड आक्रमण, १७ अलपत्र पारिएको र एक विद्युतीय अपराधसँग सम्बन्धित घटना रहेको छ ।

यस अवधिमा भएका घटनाका आधारमा हिंसा गर्नेमा सबैभन्दा धेरै ३११ श्रीमान् रहेका छन् । एक सय १८ परिवारका अरु सदस्य रहेका छन् । सो तथ्याङ्कका आधारमा घर र परिवारमा सबैभन्दा सुरक्षित हुनुपर्ने भए पनि त्यही महिला र बालिका असुरक्षित भएको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७