ब्रेकिङ न्युज:

बैंकिङ प्रणाली ‘ह्याक’ गर्ने धम्की, राष्ट्र बैंक भन्छ सबैको पैसा सुरक्षित छ

जागरण पोस्ट ७ श्रावण २०७८, बिहीबार १२:२१

काठमाण्डौ : बैंकिङ प्रणाली ‘ह्याक’ गर्ने धम्कीसहितको इमेल र फोन आएपछि नेपाल राष्ट्र बैंक तथा वित्तीय संस्था सतर्क भएका छन् । बुधबार अपराह्न नेपाल राष्ट्र बैंकसहित विभिन्न १६ बैंकको सिस्टम ह्याक गर्ने धम्की आएपछि राष्ट्र बैंक तथा वित्तीय संस्थाले आफ्नो ‘सिस्टम चेक’ गरिरहेका छन् ।

उक्त धम्कीपछि बैंक तथा वित्तीय संस्था र राष्ट्र बैंकका सबै प्रणालीको परीक्षण भइसकेको छ । राष्ट्र बैंकसहित कुनै पनि बैंक तथा वित्तीय संस्थाको प्रणालीमा छेडखानी नभएको राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बताए । उनका अनुसार ह्याकिङ गर्ने भन्दै इमेल पठाएर अफवाह र आतंक फैलाउने काम भएको हुनसक्छ । राष्ट्र बैंकको तर्फबाट सबै सर्वसाधारणको पैसा सुरक्षित रहेको र कुनै चिन्ता लिनुपर्ने अवस्था नभएको उनको भनाई छ ।

नेपाल राष्ट्र बैंक, राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, नेपाल बैंक, नबिल बैंक, एनआईसी एशिया बैंक, कुमारी बैंक, सानिमा बैंक, नेपाल एसबीआई बैंक, हिमालयन बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एभरेष्ट बैंक, बैंक अफ काठमाण्डु, सिटिजन्स बैंक लगायतको सिस्टम ह्याक गरेर पैसा चोरी गर्ने धम्कीसहित इमेत आएपछि बैंकिङ क्षेत्र त्रसित बनेको हो ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७