ब्रेकिङ न्युज:

भारतमा ४५ हजारभन्दा बढीमा कालो ढुसीको संक्रमण, चार हजार बढीको मृत्यु

जागरण पोस्ट ७ श्रावण २०७८, बिहीबार १६:५१

भारतमा ४५ हजारभन्दा बढीमा कालो ढुसी संक्रमण, चार हजारभन्दा बढीको मृत्यु कोरोना महामारीपछि भारतमा कालो ढुसी (म्युकोरमाइकोसिस) संक्रमितको संख्या बढ्न थालेको छ। यहाँको संघीय स्वास्थ्य मन्त्रालयका अनुसार ४५ हजार तीन सय ७४ जनामा कालो ढुसी संक्रमण हुँदा चार हजार तीन सय ३२ संक्रमितको मृत्यु भएको छ।

बिहीबार राज्यसभामा कालो ढुसी रोगको विषयमा उठेका प्रश्नहरूको जवाफ दिँदै स्वास्थ्य तथा परिवार कल्याण राज्यमन्त्री डा. भारती प्रवीण पवारले यस्तो जानकारी दिएकी हुन्। पछिल्ला दिनहरूमा कालो ढुसी संक्रमणको दर घटिरहेको उनको दाबी छ। यद्यपि, बितेका वर्षको तुलनामा संक्रमित हुनेको यो संख्या निकै ठूलो हो।

कालो ढुसी फंगल इन्फेक्सन (ढुसीको संक्रमण)का कारण हुने स्वास्थ्य जटिलता हो। कालो ढुसीको बीजाणुको सम्पर्कमा आउनेहरूमा यो रोगको संक्रमण हुन सक्छ।

कोरोना भाइरस संक्रमणबाट मुक्त भएका वा संक्रमणमुक्त हुने क्रममा रहेकाहरूमा कालो ढुसीको संक्रमण हुने सम्भावना प्रबल रहेको बताइएको छ। चिकित्सकहरूका अनुसार मधुमेहको समस्या भएका वा प्रतिरक्षा प्रणाली कमजोर रहेकाहरूले यसको संक्रमणबाट बच्न विशेष सावधानी अपनाउनुपर्ने हुन्छ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७