ब्रेकिङ न्युज:

आमा…

जागरण पोस्ट ८ श्रावण २०७८, शुक्रबार १६:३१

प्रत्यक रातको सपनिमा उनलाई देख्न पाउँ ।
हरेक पाईलामा उनकै साथ र छाया बनि हिंड्न पाउँ ।
जिवनको हरेक सुख अनि दुःखमा उनि मेरो साथमा भएको महसुस गरिरहन पाउँ ।

मेरोलागि हजारौं दुःख रहि बाचिरहेकी मेरी आमा ।।

आकासको दृष्टिमा सँधै उनलाई पाउँ ।
म सुत्ने सिरानिमा सधै तिम्रै सुगन्ध पाउँ ।
मेरो पुल्चियका पाउहरु तिम्रै कारण उठ्न पाउँ ।
आत्मबल बनि सधै मनभित्र राखिरहन पाउँ ।

मेरोलागि संसारसङ्ग जुधिरहने मेरी आमा ।।

कल्पनाको सागरमा म डुब्दा पानीको भेल बनि किनारामा तिमीलाई पाँउ ।
जिवनको दुःख अनि कष्टलाई झेल्ने आत्मशक्ति सँधै तिमीलाई पाउँ ।
आँखा चिम्लिएर कल्पना गर्दा सँधै बाबु भनि गुञ्जिएको आवाज पाउँ ।

आफै रोएर अरुलाई हँसाउने मेरी आमा ।।

मनको बाघले खाईरँहदा हिम्मत बनि साहसमा तिमीलाई पाउँ ।
जिवनको सङ्घर्षलाई पार गर्ने डोरि तिमीलाई पाउँ ।
मैले फेर्र्ने स्वासमा तिम्रो स्वास पाउँ ।
हारेछु कतै जिन्दगीमा भने तिम्रो कल्पनाको आस पाउँ ।

जिवनको दोसाँधमा पनि मेरोलागि रुने मेरी आमा ।।

आमा तिमी जस्तै बन्नुछ मलाई कृपया बाटो पाउँ ।
समाजसङ्ग जुध्ने हिम्मत पाउँ ।
मेरो त्यो ईच्छा अनि आकाक्षालाई पुरा गर्न सक्ने दृण विश्वास तिम्रो आँखामा पाउँ ।
मेरा आसाहरु हराएर जाँदा तिम्रा नयनका कणहरु बनि प्रकाश पाउँ ।

सँधैभरि भगवानसङ्ग मेरो आयुको भिक मग्ने मेरी आमा ।।

मेरो कुदृष्टि र कुकर्मलाई सँधै सजाय दिएको हेर्न पाउँ ।
बिहान उठ्दा सँधै हजुरको दृष्टिसङ्ग जुध्न पाउँ ।
मेरो कलम कतै रोकिए भने मसि बनि तिमीलाई पाउँ ।
जिवनको दोसाँधमा अडिनु पर्यो भने तिम्रो हात पाउँ ।
धरका प्रत्यक ढोका अनि कुनामा तिमी भएको आभास पाउँ ।

मेरो लागि ढाल बनि उभिरहने मेरी आमा ।।

तिम्रो आँखामा सधै खुशी देख्न पाउँ ।
तिमी जान्छौ आमा कृपया म त्यहीं आउन पाउँ ।
मेरो लागि तिम्रा संदेशहरु सँधै कानमा गुन्जिरहेको सुन्न पाउँ ।
हे ! मेरी आमा तिम्रो आत्मामा सँधै तिम्रो छायाँ बनि बस्न पाउँ ।
मनमा कल्पिरहेका हरेक सपनाको दुईकिनारामा पुल बनि तिमीलाई पाउँ ।

मेरो अन्तर–आत्मामा सँधै तिमीलाई पाउँ ।।

तिम्रो मनका आशा अनि बेदनाको सँधै उत्तर हुन पाउँ ।
तिमीले रचेको सपनाको सँधै पात्र हुन पाउँ ।
हे ! मेरी आमा तिमी जहाँ छौ, म त्यहीं आउन पाउँ ।
हे ! मेरी आमा तिमी जहाँ छौ, म त्यहीं आउन पाउँ ।।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७