ब्रेकिङ न्युज:

इकोटोरियल गुयानामा बिष्णुहरि सेढाई अध्यक्ष निर्बाचित

जागरण पोस्ट १४ श्रावण २०७८, बिहीबार २०:०६

मालाबो ,अफ्रिका : पश्चिमी अफ्रिका स्थित समुन्द्र छेउमा रहेको सानो मुलुक इकोटोरियल गुयानामा गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय समिती इकोटोरियल गुयनाको हिजो सम्पन्न तेश्रो बार्षिक साधारण सभाले बिष्णु हरि सेढाईलाई सर्बसम्मतिले अध्यक्ष निर्वाचित गरेको छ ।

निर्वाचन संयोजक तथा निवर्तमान अध्यक्ष कृष्णचन्द्र सेढाईका अनुसार निर्बिरोध निर्वाचित कार्यसमितिमा सुमन बिके उपाध्यक्ष , लवकुमार थपलिया महासचिव , प्रतीक थपलिया कोषाध्यक्ष चयन भएका छन् । त्यसैगरी मानबहादुर कार्की, किशोर साह , कृपा शर्मा र बासुदेब सेढाई कार्यसमिति सदस्यमा निर्बाचित भएका छन ।

केन्द्रिय अनुगमनकर्ता रमेश प्रसाद त्रिपाठीका अनुसार उक्त सभामा मालाबो तथा बाटा शहरमा बसोबास गरिरहेका नेपालीहरुले प्रत्यक्ष एबम जुमका माध्यमबाट सहभागिता जनाएका थिए । सभामा बार्षिक कार्य प्रगती विवरण र आर्थिक प्ररिबेदनमा समेत छलफल गरि पारित गरिएको थियो । निर्वाचन संयोजक एबम निबर्तमान अध्यक्ष कृष्णचन्द्र सेढाईले नवनिर्बाचित अध्यक्ष लगाएत कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई शपथ ग्रहण गराई कार्यभार हस्तान्तरण गरेका थिए ।

अट्ठाइस हजार बर्गकिलोमिटर क्षेत्रफल र चौध लाख जनसंख्या रहेको इकोटोरियल गुयाना प्रती ब्याक्ती आयको हिसाबले अफ्रिकाकै सम्पन्न देश हो । जसको प्रती ब्याक्ती आय युएसडी २१,४४२ प्रती ब्याक्ती रहेको छ । यसले कच्चा तेल , काठ, कफी र कोका निर्यात गर्छ ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७