ब्रेकिङ न्युज:

देउवा र दाहालबीच मन्त्रिपरिषद्‍ विस्तारबारे छलफल

जागरण पोस्ट १६ श्रावण २०७८, शनिबार १५:४६

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच मन्त्रिपरिषद्‍मा दलीय भागवण्डा र विस्तारबारे छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा मन्त्रिपरिषद्ला२ पूर्णता दिने र मन्त्रालय भागवण्डाबारे कुराकानी भएको बालुवाटार स्रोतले जानकारी दियो ।

देउवा प्रधानमन्त्रीमा नियुक्त भएको १९ दिन र प्रतिनिधि सभाबाट विश्वासको मत लिएको १३ दिन भइसक्दा पनि सत्तारुढ दलहरूबीच मन्त्रालय भागवण्डामा कुरा मिल्न सकेको छैन । मन्त्रिपरिषद्‍मा मन्त्रालय भागवण्डाबारे छलफल भए पनि कुनै सहमति नभएको स्रोतले बताएको छ ।

दुई दलबीच आइतबार भागवण्डा टुंग्याएर सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी रहे पनि त्यो सम्भावना कम रहेको स्रोतहरू बताउँछन् । मन्त्रिपरिषद्मा केही मन्त्री थपे पनि अमेरिकी सहयोग नियोक ९एमसीसी०लाई पहिला संसद्बाट पास गरेर मात्रै मन्त्रिपरिषद्लाई पूर्णता दिने जानकारी सत्ता गठबन्धनका दलहरूलाई गराइसकेका छन् ।

सत्तारुढ कांग्रेस र माओवादीमा मन्त्रीका आकांक्षी धेरै र मन्त्रालय कम भएपछि देउवा र दाहाललाई मिलाउन हम्मेहम्मे परिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७