ब्रेकिङ न्युज:

ओलीको ठोकुवा : नेपाल जस्ता आन्दोलनविरोधीहरुलाई कुनै ठाउँ छैन

जागरण पोस्ट १६ श्रावण २०७८, शनिबार १६:२९

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौं जिल्ला कमिटीको बैठकमा शनिबार ओलीले उक्त कुरा बताएका हुन् ।

आफू नेतृत्वको सरकार ढलेर विकास र समृद्धिको सपनामा कुठाराघात भएको दाबी गर्दै ओलीले त्यसो गर्न भूमिका खेल्ने, फ्लोर क्रस गर्ने सांसदहरूलाई ठाउँ नभएको ओलीले बताएका हुन् ।

तर नेपाललाई भने कुनै ठाउँ नभएको बताए । माधव नेपाल जस्ता आन्दोलनविरोधीहरूलाई कुनै ठाउँ छैन, उनले भने ।

पार्टीको सरकारविरुद्ध कुठाराघात भएको र अभियानमा गम्भीर रूपमा ब्रेक लागेको ओलीको भनाइ थियो ।

पार्टीमा खुट्टा तान्नेहरूलाई बाहिर पठाइने ओलीको भनाइ थियो ।

आगामी निर्वाचनमा खुट्टा तान्ने र पार्टीको विपक्षमा लाग्ने नेतालाई टिकट नदिइने पनि ओलीले बताए ।

ओलीले आगामी निर्वाचनमा बहुमत ल्याउने दाबी गरेका छन् । २०७४ सालको निर्वाचनमा अर्को पक्षले कमजोर उम्मेदवारलाई टिकट मागेको र दिनपरेकाले पनि बहुमत आउन नसकेको बताए ।

अब पार्टीमा खुट्टा तान्ने प्रवृत्तिका मान्छे छैनन्, उम्मेदवार बनाउन खोज्यो जुनचाहिँ जित्दैन त्यसैलाई उम्मेदवार बनाउन खोज्ने, उनले भने । एमाले अहिले पनि संसदमा ठूलो पार्टी भएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७