ब्रेकिङ न्युज:

मेलम्चीमा आएको बाढीले रातो पुलसहित १० घर बगायो

जागरण पोस्ट १७ श्रावण २०७८, आईतवार १४:२०

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीले रातो पुलसहित १० घर बगाएको छ ।

चनौटेको रातो पुल र ग्यालथुममा रहेको झोलुङ्गेपुलसहित १० घर बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए ।

रातो पुल मेलम्ची ७ र ८, पाँचपोखरी १ र २ र हेलम्बु जोड्ने एक मात्र विकल्पका रुपमा रहेको थियो । बाढीले रेडियो मेलम्चीको भवन पनि ढलेको छ । ग्यालथुम बजारका ४० घर जोखिममा रहेका छन् ।

यसअघि गएको असार १ गते आएको बाढीले सडक बगाएका केही ठाउँमा नयाँ बाटो बनाइएको थियो । तर, बाढीले त्यो पनि बगाएको मेलम्ची नगरपालिकाका मेयर डम्बरबहादुर अर्यालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७