मेलम्चीमा माथिल्लो भेगको अवस्था मूल्याङ्कनका लागि पहल सुरु

जागरण पोस्ट २० श्रावण २०७८, बुधबार ०८:४९

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको मेलम्चीमा माथिल्लो भेगको अवस्था मूल्याङ्कनका लागि पहल सुरु भएको छ । माथिल्लो भेगमा पहिरोको अवस्था तथा तल्लो तटीय क्षेत्रमा बाढीले गरेको क्षति र नदीको कटान रोक्न तथा क्षति न्यूनीकरण गर्न सम्बन्धित विज्ञसँग सुझाव लिन थालेको मेलम्ची नगरपालिकाले जनाएको छ ।

केन्द्र, प्रदेश सरकार र सरोकारवाला निकायसँगको समन्वयमा आवश्यक बाढी प्रभावितका लागि बसोबासको व्यवस्थासहितका आवश्यक काम थालनी भैसकेको नगरपालिकाका प्रमुख डम्बरबहादुर अर्यालले जानकारी दिए । तालामाराङदेखि ढाडखोला किनारमा रहेका बस्तीको संरक्षण गर्नेदेखि बाढी प्रभावितलाई आवास निर्माणका लागि आवश्यक पहल गरिरहेको उनको भनाइ छ ।

पहिरो गएको मुहान क्षेत्रबाट अझै पनि पहिरो आउने सम्भावना रहेको र मनसुन कायमै रहेकाले मेलम्चीको तल्लो बजारका घरहरु सफा गर्ने र त्यहीँ बस्ने गरी थालिएको तयारी जोखिमपूर्ण भएको भन्दै नगरपालिकाले ध्यानाकर्षण भएको जनाएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै उच्च जोखिमका घरमा नबस्न मेलम्चीबासीलाई आग्रह समेत गरेको छ ।

गएको असार १ गते र त्यसपछिको बाढीले नदीतटीय घर बस्तीमा क्षति पुर्याएपछि पालिकाले बेवास्ता गरेको भन्दै पिडितले आलोचना गर्दै आएका थिए । तर, नगरपालिकाले सबै संयन्त्र प्रयोग गरी नदी नियन्त्रणदेखि बस्ती जोगाउनसम्मका प्रयास गरेको जनाएको छ । साथै बाढीपछि तत्कालका लागि सामूहिकरूपमा बासस्थानको व्यवस्था गरेको, ग्यास, चुलो, ओछ्याउने, भाँडाकुँडा र रासनको समेत व्यवस्था गरी सुरक्षित ठाउँमा राखेको नगर प्रमुख डम्बर अर्यालले जानकारी दिए ।

बाढी प्रभावितको सम्पूर्ण विवरण सङ्कलन गरी वर्ग छुट्याएर २५ हजार, २० हजार, १५ हजार र १० हजार रुपैयाँका दरले तत्कालका लागि प्रभावितको बैंक खातामा जम्मा गर्ने काम सुरु भइसकेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

नियतमैं खोट भएकालाई बदल्न सकिँदैन, थप बर्बादी हुनबाट रोक्ने हाम्रो दायित्त्व हो

कुनैपनि हिंस्रात्मक आन्दोलन सभ्य समाजको लागि शोभनीय हुँदै होईन। सभ्य समाज निर्माण गर्नको लागि सबैभन्दा पहिला नागरिक सभ्य हुनुपर्दछ अनिमात्र घर समाज हुँदै देश सभ्य

जागरण पोस्ट २५ आश्विन २०७८, सोमबार १९:४९

चुरे दोहन नीति तुरुन्त खारेज गर

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५