कोरोना संक्रमणबाट १४ महिनामा झन्डै १० हजारको मृत्यु

Jagaran Post २२ श्रावण २०७८, शुक्रबार ०८:५५

काठमाडौँ : कोरोना संक्रमणबाट १४ महिनामा मुलुकभित्र झन्डै १० हजार जनाले ज्यान गुमाएका छन् । बिहीबारसम्म ७ लाख ७३ हजार ८ सय ६० जनालाई संक्रमण पुष्टि भएकामा ९ हजार ९ सय ९४ जनाको मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा ६ हजार ६ सय ४० जना पुरुष छन् ।

मृत्युदर १.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुने दर भुटान, भारत, माल्दिभ्स र श्रीलंकाको भन्दा बढी हो । भारतमा मृत्युदर १.३, भुटानमा ०.१, माल्दिभ्समा ०.३, श्रीलंकामा १.४ रहेको छ । कोरोनाले पहिलोपटक २०७७ जेठ ३ मा सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो । कोरोनाको पहिलो लहर २०७७ चैत १ सम्ममा ३ हजार १४ जनाले ज्यान गुमाएका थिए । त्यसयता ६ हजार ९ सय ८० जनाको संक्रमणकै कारण मृत्यु भएको छ । एकै दिन सबैभन्दा धेरै जेठ ५ गते २ सय ४६ जनाको मृत्यु भएको थियो ।

मन्त्रालयका प्रवक्ता डा। कृष्णप्रसाद पौडेलका अनुसार कोरोनाबाट मृत्यु हुनेमा ६० वर्षभन्दा माथिका ५ हजार ३ सय ७३ जना छन् । ‘पहिलो लहरमा ६० वर्षभन्दा बढी उमेर समूहका वृद्धवृद्धाले ज्यान गुमाएका थिए भने दोस्रो लहरमा युवाले पनि ज्यान गुमाए,’ उनले भने । ९ वर्षभन्दा मुनिका ४५ जनाको मृत्यु भइसकेको छ ।

संक्रमित हुने दर पनि बालबालिकामा ८ प्रतिशत हाराहारी छ । बिहीबार देशभरका संक्रमितमध्ये ८।९६ प्रतिशत २० वर्षभन्दा कम उमेरका छन् । १० वर्षभन्दा मुनिका मात्रै ८७ जना संक्रमित भएका छन् । वैशाख २७ मा २० वर्ष मुनिका ८ प्रतिशत मात्र संक्रमित थिए । –कान्तिपुर

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६