ब्रेकिङ न्युज:

कक्षा १२ सहितका सबै परीक्षा स्थगित हुने सम्भावना !

जागरण पोस्ट २२ श्रावण २०७८, शुक्रबार २१:४७

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्डले परीक्षा अगावै विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई खोपको माग गरी शिक्षा मन्त्रालयमार्फत स्वास्थ्य मन्त्रालयमा पत्र पठाएको तर जवाफमा जोखिम कायमै रहेकाले परीक्षाको तालिका पुनर्विचार गर्न भनिएको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिए ।

परीक्षाको तालिका पुनर्विचारबारे छलफल गर्न बोर्डले भोलि (शनिवार) बैठक बोलाएको पनि बोर्डका अध्यक्ष पौडेलले बताए । कोरोना महामारीका कारण रोकिएको कक्षा १२ को परीक्षा यही साउन ३१ गतेदेखि सुरु गर्ने गरी परीक्षा तालिका सार्वजनिक भएको छ ।

यसअघि बोर्डले कक्षा १२ को परीक्षा निर्धारित मितिमै गर्ने गरी तयारी अन्तिम चरणमा पुगेको जनाएको थियो । यसअघि गएको जेठ २६ गतेका लागि तय भएको परीक्षा बोर्डले स्थगित गरेको थियो ।

कोरोना सङक्रमण फैलँदै गएकाले कक्षा १२ को सहित नजिक आएका सबै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालय र कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई सिफारिस गरिएको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७