नेपाल समूहको केन्द्रीय कमिटी बैठक : सम्मानजनक पार्टी एकता हुनुपर्ने

Jagaran Post २३ श्रावण २०७८, शनिबार ०८:५२

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठकले ‘सम्मानजनक पार्टी एकता हुनुपर्ने’ निर्णय गरेको छ । राजधानीमा शुक्रबार सम्पन्न दुई दिने बैठकपश्चात् पार्टी निर्णय सार्वजनिक गर्दै नेता रघुजी पन्तले गत २७ असारमा सम्पन्न १०बुँदे सहमति एकताको आधार मान्दै निष्कर्ष निकालिएको जानकारी दिँदै ४बुँदे निर्णयसहित बैठक सकिएको बताएका छन् ।

‘हाम्रो अडान सम्मानजनक पार्टी एकता हो, ‘१०बुँदे सहमति आधार मानेर एकता प्रक्रिया अगाडि बढाउने निर्णय भएको बताउँदै पन्तले थपे, ‘यसका लागि प्रयास जारी राख्ने सहमति भएको छ ।’ त्यस्तै, बैठकले १०बुँदे सहमतिको भावनाविपरीत वरिष्ठ नेता नेपालमाथि अनेकौं टिप्पणी गरिएकोमा आपत्ति जनाएको छ । पार्टी एकताका लागि वार्ता चलिरहेको समय अध्यक्ष केपी शर्मा ओली पक्षबाट हुने अधिवेशन र सदस्यता नवीकरण रोक्न मागसमेत बैठकले गरेको छ ।

बैठकमा नेपाल पक्षका केन्द्रीय सदस्यले पार्टी विधानअनुसार ७० वर्ष पुगिसेकेका अध्यक्ष ओलीले सक्रिय राजनीतिबाट विश्राम लिनुपर्ने आवाज उठेको छ । केन्द्रीय सदस्य दिनेश राईले ७० वर्ष पुगिसकेका अध्यक्ष ओलीसहितका नेताले सक्रिय राजनीतिबाट विश्राम लिनुपर्नेमा जोड दिए ।

‘पार्टी विधान कार्यान्वयन गर्दै अध्यक्ष कमरेड केपी ओलीले सक्रिय राजनीतिबाट विश्राम लिनुपर्छ, ‘राईले भने, ‘विगतमा धेरै नेताले विधान कार्यान्वयन गर्दै सक्रिय राजनीतिबाट विश्राम लिएका छन्, ७० वर्ष पुगिसकेका ओली कमरेडले पनि विधान कार्यान्वयन गर्न आवश्यक छ ।’ एमाले विधान धारा ६५ को उपधारा ३ मा उमेर हदसम्बन्धी व्यवस्था छ ।

विधान-२०४९ले (नवौं महाधिवेशनबाट संशोधन २०७१)ले ७० वर्ष पुगेका व्यक्ति कार्यकारी पदमा निर्वाचित वा मनोनीत हुन रोक लगाएको छ । २०७१ बाट लागू बाध्यकारी प्रावधानकै कारण भरतमोहन अधिकारी र सिद्धिलाल सिंहले सक्रिय राजनीतिबाट बिदा लिएका थिए ।

६० वर्ष लामो राजनीतिक जीवनबाट अधिकारीले विधान पालना गर्दै महाधिवेशन हलबाट बिदाइ लिएका थिए । ११ फागुन २०७७ मै अध्यक्ष ओलीले ७०औं जन्मदिन मनाइसकेका छन् । सोही कारण ७० वर्ष पुगिसकेका ओलीले पनि विधान कार्यान्वयन गर्दै बिदा लिनुपर्ने आवाज बैठकमा उठेको हो । –राजधानी

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६