ब्रेकिङ न्युज:

फिफा वरियतामा नेपालले तीन स्थान सुधार

जागरण पोस्ट २८ श्रावण २०७८, बिहीबार २१:२२

काठमाडौं : फिफा वरियतामा नेपालले तीन स्थान सुधार गरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासङ्घ (फिफा)ले आज सार्वजनिक गरेको पुरुष फुटबलको नयाँ वरियतामा नेपालले तीन स्थान सुधार गर्दै १६८ औँ स्थानमा उक्लिएको हो । यसअघि नेपाल १७१ औँ स्थानमा रहेको थियो ।

नेपाल दक्षिण एशियाली राष्ट्रको वरियतामा तेस्रो स्थानमा छ । गत मे महिनाको अन्तिममा पछिल्लो पटक फिफाको वरियता सार्वजनिक हुँदा नेपालको अङ्क ९६८ रहेको थियो । अहिलेको नयाँ वरियतामा नेपालले चार अङ्क बटुल्दै ९७२ बनाएको छ ।

नेपालभन्दा अगाडि भारत र माल्दिभ्स रहेको छ । भारत १०५ औँ स्थानमा छ भने माल्दिभ्स १५८ औँ स्थानमा रहेको छ । नेपालभन्दा तल भूटान, बङ्गलादेश, श्रीलङ्का र पाकिस्तान रहेको छ । बङ्गलादेश १८८ औँ स्थानमा छ भने भूटान १८७ औँ स्थानमा छ । त्यस्तै पाकिस्तान १९८ औँ स्थानमा रहँदा श्रीलङ्का २०५ औँ स्थानमा छ ।

बेल्जियम फिफा वरियताको शीर्ष स्थानमा छ भने ब्राजिल दोस्रो स्थानमा छ । त्यसैगरी फ्रान्स तेस्रो स्थानमा रहँदा इङ्ग्ल्यान्ड चौथो तथा इटाली पाँचौँ स्थानमा छ । अर्जेन्टिना छैटौँ, स्पेन सातौँ, पोर्चुगल आठौँ, मेक्सिको नवौँ र अमेरिका दशौँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७