संसद अधिवेशन अन्त्य गरेर संसद छल्दै अध्यादेश ल्याउनु गलत : नेता थापा

Jagaran Post २ भाद्र २०७८, बुधबार १०:४२

काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसका नेता गगन थापाले संसद छल्दै अध्यादेश ल्याउनु गलत भएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन् -‘संसद अधिवेशन हठात् अन्त्य गरेर संसद छल्दै अध्यादेश ल्याउनु गलत । हिजो गलत,आज गलत, सधैं गलत,जसले गरे पनि गलत ।’

नेता थापाले हिजो केपी शर्मा ओलीले यसरी अध्यादेश ल्याउँदा गलत भन्ने र त्यस विरुद्ध उभिने जो कसैलाई पनि आज अध्यादेशको समर्थन गर्ने हक नभएको बताएका छन् । यदि अहिले अध्यादेशको समर्थन गर्ने भए त्यतिबेला विरोध गरेकोमा सार्वजनिक माफी माग्नु पर्ने थापाको भनाइ छ ।

यस्तै, उनले भनेका छन् – ‘यसअघि यसरी नै संसद छल्दै अध्यादेश जारी गर्ने ओली सरकार,समर्थन गर्ने मण्डली वा अध्यादेशमा ल्याप्चे लगाउने राष्ट्रपति कसैलाई पनि आज यो अध्यादेशको विरोध गर्ने हक छैन र हुँदैन । विरोध गर्ने भए त्यतिबेला गल्ती गरेका थियौं भनेर पहिला सार्वजनिक माफी माग्नुपर्छ ।’

https://www.facebook.com/thapagk/posts/4376173905759821

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६