ब्रेकिङ न्युज:

महिला एसियन कप छनोट : नेपालको पहिलो खेल फिलिपिन्ससँग

जागरण पोस्ट २ भाद्र २०७८, बुधबार ११:२०

काठमाडौं : एसियाली फुटबल महासङ्घ (एएफसी) महिला एसियन कप, २०२२ छनोटको पहिलो खेलमा नेपालले फिलिपिन्ससँग प्रतिस्पर्धा गर्ने भएको छ ।

अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०का अनुसार छनोटको समूह ‘एफ’ मा रहेको नेपालले फिलिपिन्ससँगको खेल आगामी असोज २ गते उज्वेकिस्तानमा खेल्ने तय भएको छ । नेपालले आफ्नो दोस्रो खेल हङकङसित असोज असोज ५ गते खेल्ने छ । यसैगरी सो समूहअन्तर्गत फिलिपिन्स र हङकङबीचको खेल असोज ८ गते हुने छ ।

नेपाल सहभागी समूह ‘एफ’ को खेल नेपालमा सञ्चालन हुने भनिए पनि अन्तिममा आएर कोरोनो महामारीका कारण उज्वेकिस्तानमा सारिएको थियो । उक्त समूहको शीर्ष स्थानमा रहने टोली आगामी वर्ष भारतमा आयोजना हुने एसियन कपका लागि छनोट हुनेछ । एसियन कप छनोटका तयारीका लागि २८ महिला खेलाडी बन्द प्रशिक्षणमा रहेका छन् । सो टोलीलाई मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले प्रशिक्षण दिइरहेका छन् ।

बन्द प्रशिक्षणमा हिरा भुजेल, इन्द्रा राई, मनिषा राउत, मन्जली थोकर, निशा थोकर, प्रिती राई, पुजा राना, पुनम जर्गा मगर, रजनी थोकर, अन्जना राना मगर, एन्जिला सुब्बा, उषा नाथ, अमिशा कार्की, अमृता जैशी, अनिता बस्नेत, अनिता केसी, अन्जली वाइबा, विमला विक, विमला चौधरी, दिपा राई, गीता राना, हिमा चौधरी, रश्मी घिसिङ, रेनुका नगरकोटी, सविता राना, सरु लिम्बु, शर्मिला थापा र सिर्जना सिंह रहेको एन्फाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७