लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीले पाए विश्वासको मत

Jagaran Post ७ भाद्र २०७८, सोमबार २२:३७

बुटवल : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बहिस्कार गरेपनि लुम्बिनी प्रदेशसभामा मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत पाएका छन् । प्रदेशसभामा प्रमुख प्रतिपक्ष दल सहभागी नभइ विश्वासको मत लिएको यो पहिलो उदाहरण हो ।

विश्वासको मत लिने क्रममा सभामुखबाहेक ४३ जना सांसद सहभागी रहेकोमा ४२ जना प्रस्तावको पक्षमा सहभागी भएको र १ जना तटस्थ रहेको सभामुख पूर्णबहादुर घर्तीले निर्णय सुनाएका थिए । उपसभामुख कृष्णी थारु तटस्थ बसिन । प्रदेशसभाको नवौ अधिवेशनको तेस्रो बैठकका रुपमा सोमबार दिउसो १ बजे शुरु भएपनि पहिलो बैठक विपक्षीको नाराबाजीबीच केहीबेर चलेर स्थगित भएको थियो ।

साढे २ बजे सुरू भएको दोस्रो बैठक ९ मिनेट मात्र चलेर स्थगित भएको थियो । तर सभामुख पूर्णबहादुर घर्तीले स्थगितपछि बसेको बैठक पहिलो बैठककै कार्यसूची अनुसार सञ्चालन गरेका थिए । विपक्षी एमालेले त्यो बैठक पनि बहिस्कार गरेको थियो । सवा ४ बजे सुरू भएको नवौं अधिवेशनको चौथो बैठकमा सभामुख घर्तीले संविधानको धारा १८८ को उपधारा १ र प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम केसीले मुख्यमन्त्रीमा विश्वासको मत लिने प्रक्रियाअघि बढाएका थिए । केसीले विश्वासको मत लिने प्रस्ताव बैठकमा पेस गरेपछि सरकारमा सहभागी ४ दलका प्रमुख सचेतकहरुले समर्थन गरेका थिए ।

प्रदेशसभामा माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्ती, नेपाली कांग्रेसका प्रमुख सचेतक फखरुद्दिन खान र जनमोर्चाका सांसद तारा जिसीले सरकारलाई समर्थन रहेको बताएका थिए । प्रमुख प्रतिपक्ष दलका संसदीय दलका उपनेता बैजनाथ चौधरीले प्रदेशसभा सचिवालयले विपक्षी दलको माग सुनुवाई नभएकाले बैठकमा उपस्थित नभएको बताए ।

लुम्बिनी प्रदेशसभामा अहिले ८० सदस्य रहेकोमा मुख्यमन्त्री केसीलाई विश्वास मत पुष्टि गर्न ४१ सांसदको समर्थन आवश्यक थियो । सत्तापक्षमा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १९ (सभामुखसहित), जनता समाजवादी पार्टीका ३, राष्ट्रिय जनमोर्चाका १ र एमालेबाट स्वतन्त्र सांसदको दावी गरेका अजय शाहीसहित ४२ सांसदले समर्थन गरेका छन् । शाहीले गठबन्धनमा साथ दिएपछि विपक्षी एमालेसँग ३७ सदस्य मात्र रहेका छन् ।

माओवादी केन्द्र संसदीय दलका नेता केसी लुम्बिनी प्रदेशसभाका चार दल र एक स्वतन्त्र गरी ४२ जना प्रदेशसभा सदस्यको समर्थनमा साउन २८ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । यो संगै मुख्यमन्त्री केसीलाई आफ्नो मन्त्रिमण्डल पूर्णता दिने, नीति तथा कार्यक्रमसहित बजेट ल्याउने सहज भएको छ । सरकारलाई समर्थन गरेको जनमोर्चा भने सरकारमा नजाने जनाएको छ ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६