नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै

जागरण पोस्ट ८ भाद्र २०७८, मंगलवार ०८:२०

काठमाडौँ : आज नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ । विगतमा माधब नेपाल पक्षमा रहेका तर नेपालले नयाँ पार्टी गठन प्रक्रिया सुरु गरेपछि एकता अभियानमा लागेका नेताहरु पनि आजको बैठकमा सहभागि हुँदैछन् ।

सोमबार तेस्रो धार भनिएका नेताहरुले अध्यक्ष केपी ओलीसँग छलफल गरेपछि आज स्थायी कमिटी बठक बस्ने सहमति भएको हो । आजको बैठकमा पार्टी एकताका लागि गरिएको १० बुँदे सहमति कार्यान्वयन गर्ने बिषयमा छलफल हुने भनिएको छ ।

१० बुँदे सहमति कार्यान्वयनलाई अघि बढाउने निर्णय बैठकले गरेको र यस बिषयमा थप छलफल गर्न मंगलबार ११ बजे स्थायी कमिटी बैठक बोलाउने निर्णय भएको हो ।

एमाले एकताका लागि तेश्रो धारमा उभिएका नेताहरुले पार्टीलाई समान व्यहार गर्ने र पुरानै जिम्मेवारी दिने तथा १० बुँदे सहमति कार्यान्वयन गर्ने सहमति कार्यान्वयन हुने अपेक्षा गरेका छन् । स्थायी कमिटी मार्फत नै १० बुँदे सहमति कार्यान्वयनको बाटो तयर गर्ने र केन्द्रीय कमिटी बोलाउने सहमति भएको थियो ।

अध्यक्ष ओलीले नेपालबाहेकको एकता चाहेको बताइरहँदा आजको बैठकलाई महत्वका साथ हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

नियतमैं खोट भएकालाई बदल्न सकिँदैन, थप बर्बादी हुनबाट रोक्ने हाम्रो दायित्त्व हो

कुनैपनि हिंस्रात्मक आन्दोलन सभ्य समाजको लागि शोभनीय हुँदै होईन। सभ्य समाज निर्माण गर्नको लागि सबैभन्दा पहिला नागरिक सभ्य हुनुपर्दछ अनिमात्र घर समाज हुँदै देश सभ्य

जागरण पोस्ट २५ आश्विन २०७८, सोमबार १९:४९

चुरे दोहन नीति तुरुन्त खारेज गर

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५