कांग्रेसको क्रियाशील सदस्यता विवाद सहमतिमै टुंगियो

जागरण पोस्ट ८ भाद्र २०७८, मंगलवार ०८:५३

काठमाडौँ : नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद सहमतिमै टुंगिएको छ । क्रियाशील सदस्यता छानबिन समितिले टुंग्याउन बाँकी विवादबारे पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वको समितिले तयार पारेको प्रतिवेदन सोमबार साँझ सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले बुझेका छन् ।

देउवानिवास बुढानिलकण्ठमा पूर्व महामन्त्री सिटौला तथा केन्द्रीय सदस्यद्वय डा.मिनेन्द्र रिजाल र रमेश लेखकले प्रतिवेदन हस्तान्तरण गरेका हुन् । लामो सयमदेखिको विवादलाई टुङ्ग्याउँदै नेपाली कांग्रेसले क्रियाशिल सदस्यहरुको अन्तिम विवरण तयार पारेको छ । सोमबार साँझ काँग्रेसले क्रियाशील सदस्यताको विवाद टुङ्ग्याएको हो ।

छानविन समितिले केही ठाउँमा बाहेकको क्रियाशील सदस्यता टुङ्ग्याएर साउन १२ गते प्रतिवेदन बुझाएको थियो । तर छानविन समितिले बारा र सप्तरी, धनुषा-४ सर्लाही-२ लगायतको नयाँ क्रियाशील सदस्यता र अन्तर पार्टी समायोजनमा चर्को विवाद टुंग्याउने जिम्मा नेतृत्व तहमा पठाएको थियो ।

उक्त विवाद टुङ्ग्याउन सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला सम्मिलित उच्चस्तरीय समिति बनाइएको थियो । उच्चस्तरीय समितिमा सहमहामन्त्री प्रकाशशरण महत, नेता मिनेन्द्र रिजाल र रमेश लेखकलाई सहयोगीका रूपमा राखिएका थियो । उक्त उच्चस्तरीय समितिलाई क्रियाशील छानबिन समितिले बुझाएको प्रतिवेदन र विवादित विषयलाई ५ दिनमा टुङ्ग्याउन म्यान्डेट थियो । तर उक्त समितिले सहमति जुटाउन सकेन ।

साउन ३१ बाट छलफलमा जुटेका सिटौला, रिजाल र लेखकले क्रियाशील सदस्यता विवादमा सहमति जुटाएका हुन् । विवाद समाधान भएसँगै नेतात्रयले क्रियाशील सदस्यताको प्रतिवेदन सभापति देउवा र वरिष्ठ नेता पौडेललाई बुझाईको छ । सोमबार साँझ देउवाको निजी निवास बूढानीलकण्ठमा उनीहरुले देउवा र पौडेललाई प्रतिवेदन बुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

नियतमैं खोट भएकालाई बदल्न सकिँदैन, थप बर्बादी हुनबाट रोक्ने हाम्रो दायित्त्व हो

कुनैपनि हिंस्रात्मक आन्दोलन सभ्य समाजको लागि शोभनीय हुँदै होईन। सभ्य समाज निर्माण गर्नको लागि सबैभन्दा पहिला नागरिक सभ्य हुनुपर्दछ अनिमात्र घर समाज हुँदै देश सभ्य

जागरण पोस्ट २५ आश्विन २०७८, सोमबार १९:४९

चुरे दोहन नीति तुरुन्त खारेज गर

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५