प्रदेशको सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउन मुख्यमन्त्री राउतको निर्देशन

Jagaran Post ८ भाद्र २०७८, मंगलवार २०:३९

धनुषा : प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउन प्रदेशस्थित सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन् ।

प्रदेशको सुरक्षा व्यवस्थाबारे जानकारी लिने उद्देश्यका साथ आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाइएको बैठकमा मुख्यमन्त्री राउतले सो निर्देशन दिएका हुन् ।

बैठकमा सुरक्षा निकायका प्रमुखले प्रदेशको सुरक्षा व्यवस्थाबारे ब्रिफिङ गर्नुका साथै अगामी योजनाबारे जानकारी गराएका थिए । बैठकमा प्रमुख सचिव हरिप्रसाद मैनाली, मुख्यमन्त्री कार्यालयका सचिवका साथै प्रहरी नायब महानिरीक्षक उमेश रञ्जितकार, सशस्त्र प्रहरी नायब महानिरीक्षक सिपी गौतम, धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला, नेपाली सेनाका निमित्त बाहिनीपति महासेनानी पूर्णप्रसाद ढकालसहितको उपस्थिति थियो ।

Facebook Comments

जागरण टिभी

सम्पादकीय

सबै हेनुर्होस

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

आज अन्तर्राष्ट्रिय महिला दिवस, महिला हकहित, सशक्तिकरण, लैंगिक विभेद एवं हिंसा अन्त्य एवं अधिकार प्राप्तीको सवालमा यस दिवसको अवसर पारेर अझ यौटा नयाँ मार्गको साझा

Subodh Regmi २४ फाल्गुन २०७९, बुधबार ०६:०६

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५