कर्णाली प्रदेश सङ्गठन समितिको दोस्रो बैठक सुर्खेतमा, ‘प्रचण्ड’ले गरे भर्चुअल सम्बोधन

जागरण पोस्ट १८ भाद्र २०७८, शुक्रबार ०८:४५

सुर्खेत : नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सङ्गठन समितिको दोस्रो बैठक सुर्खेतमा सुरु भएको छ । बैठकको पहिलो दिन आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल सम्बोधन गरे ।

अध्यक्ष दाहालले बैठकमा सहभागी प्रदेश समितिका पदाधिकारी तथा सदस्यलाई केन्द्रीय समितिले तोकेको जिम्मेवारीअनुसार काम गर्न निर्देशन दिए । पार्टीको क्रान्तिकारी रुपान्तरणको फड्को मार्न सामूहिक मेहनतको आवश्यकता रहेको औँल्याउँदै उनले इतिहासले सुम्पेको जिम्मेवारी पूरा गर्न दृढतापूर्वक अघि बढ्न जरुरी रहेको बताए ।

बैठकमा कर्णाली प्रदेशका १० वटै जिल्लाका इञ्चार्जले जिल्लाको पार्टीको अवस्थाका बारेमा रिपोर्ट गरेका थिए भने पार्टीका कर्णाली प्रदेश समिति सचिव रामदीप आचार्यले केन्द्रीय समितिले पारित गरेको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

उक्त कार्यक्रममा कर्णाली प्रदेश समिति इञ्चार्ज शक्ति बस्नेत, सहइञ्चार्ज त्रय कालीबहादुर मल्ल, टेकबहादुर बस्नेत, महेन्द्रबहादुर शाही, अध्यक्ष राजकुमार शर्मासहित जिल्ला इञ्चार्ज तथा प्रदेश समिति सदस्यको सहभागिता रहेको सचिव आचार्यले जानकारी दिए ।

Facebook Comments

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

पहिला आयल निगम सुधार, अनिमात्र इन्धनको मूल्य समायोजन गर

काण्डै काण्डमा फसेको नेपाल आयल निगम सुधार नगरी सुखै छैन। जतिपनि सरकार आऊँछन- तिनिहरुको पहिलो प्राथमिकतामा हुन्छ मूल्यबृद्धि र करबृद्धि। हरेक सरकारबाट जनतालाई राहत हैन

जागरण पोस्ट १४ कार्तिक २०७८, आईतवार १३:४८

न्यायमूर्तीको मन्दिरमा इमानको संकट !

जागरण पोस्ट १२ कार्तिक २०७८, शुक्रबार ११:०५

कृषक र कृषिका अथाह पीडा – कहिले सरकारले ठग्छ त कहिले प्रकृतिले

जागरण पोस्ट ३ कार्तिक २०७८, बुधबार ०९:०१

नियतमैं खोट भएकालाई बदल्न सकिँदैन, थप बर्बादी हुनबाट रोक्ने हाम्रो दायित्त्व हो

जागरण पोस्ट २५ आश्विन २०७८, सोमबार १९:४९