ब्रेकिङ न्युज:

नेपाली कांग्रेसको १४औं महाधिवेशन आजदेखि शुरु

जागरण पोस्ट १८ भाद्र २०७८, शुक्रबार ०९:०६

काठमाडौँ : नेपाली कांग्रेस औपचारिक रुपमा १४औं महाधिवेशनमा प्रवेश गरेको छ । शुक्रबारदेखि वडा अधिवेशन सुरु गरेर कांग्रेसमा महाधिवेशनको प्रक्रिया सुरु भएको हो ।

वडा अधिवेशनबाट सुरु भएर सात चरणमा हुने महाधिवेशनको प्रक्रिया केन्द्रीय पदाधिकारीको निर्वाचनसँगै सम्पन्न हुनेछ । केन्द्रीय महाधिवेशन मंसिरको ९ देखि १३ गतेसम्म काठमाडौँमा हुनेछ ।

क्रियाशील सदस्यताको विवरण टुंगो लागेका ५६ जिल्लामा समयमै गाउँ र नगर अधिवेशन सुरु गर्न केन्द्रीय निर्वाचन समितिले निर्वाचन प्रतिनिधि परिचालन गरेको छ ।

कतिपय गाउँ र नगर वडामा सर्वसम्मत प्रतिनिधिहरूको चयनका लागि सहमति बनिसकेको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताए । क्रियाशील सदस्यता टुंगो लागेको ५६ जिल्लाका अधिकांश वडामा अधिवेशन सुरु हुने शर्माको भनाइ छ ।

अझै २१ जिल्लाका क्रियाशीलको विवरण सार्वजनिक भएको छैन । विवादका कारण ती जिल्लाको क्रियाशील सदस्यको नामावली सार्वजनिक पनि भएको छैन ।

वडा अधिवेशनको मितिसम्म पनि क्रियाशीलको विवाद नटुंगिएपछि ती जिल्लाको वडा अधिवेशन अनिश्चित बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७