ब्रेकिङ न्युज:

समानान्तर गतिविधि नरोके मिश्रद्वारा कारबाहीको चेतावनी

जागरण पोस्ट १८ भाद्र २०७८, शुक्रबार ०९:५१

काठमाडौं : विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र पक्षको समानान्तर गतिविधि नरोके कारबाही गर्ने निर्णय गरेको छ। बिहीबार केन्द्रीय समितिको भर्चुअल बैठकले सो निर्णय गरेको प्रवक्ता शरदराज पाठकले जानकारी गराएका थिए।

अवैध र समानान्तर गतिविधि सञ्चालन गर्दै पार्टी हित विपरीतका क्रियाकलापमा संलग्न केन्द्रीय सदस्यहरूलाई त्यस्ता गतिविधि तत्काल रोक्न बैठकले कडा निर्देशन दिएको छ’, बैठकले गरेको निर्णयमा उल्लेख गरिएको थियो, ‘त्यस्ता कदम तत्काल नरोकिए केन्द्रीय समितिले आवश्यक कारबाही गर्ने निर्णय गरेको छ।’

बैठकले सामाजिक सञ्जालमा पार्टी र पार्टी नेतृत्वविरूद्ध अमर्यादित, अपमानजनक र पार्टीलाई घात गर्ने खालका टीकाटिप्पणी गर्ने केन्द्रीय सदस्यहरूलाई पनि त्यस्तो नगर्न सचेत गराउँदै, आइन्दा त्यसो गरेमा कारबाहीको प्रक्रिया अघि बढाउने चेतावनी दिएको थियो। बैठकले केन्द्रीय समिति बैठक सञ्चालन कार्यविधिको मस्यौदा केन्द्रीय समितिको आगामी बैठकमा अध्यक्ष मिश्रले पेस गर्ने निर्णय पनि गरेको थियो।

त्यस्तै बिहीबार विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेको अध्यक्षतामा केन्द्रीय समितिको छुट्टै भर्चुअल बैठक भएको थियो। सो बैठकले पार्टीका संयोजक पाण्डे पक्षले न्याय तथा सुशासन आयोग बनाउने प्रक्रिया थाल्ने निर्णय गरेको थियो। त्यसका लागि कार्यविधि आवश्यक पर्ने भएकाले सचिवालय सदस्य आशुतोष तिवारीको संयोजकत्वमा मस्यौदा समिति बनाउने निर्णय भएको सञ्चार विभाग सहसंयोजक हरिश भट्टले जानकारी गराएका थिए। –नागरिक न्युज

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७