ब्रेकिङ न्युज:

मञ्जुश्री फाइनान्सले गर्यो एकैपटक ४ वटा शाखाको शुभारम्भ

जागरण पोस्ट २८ भाद्र २०७८, सोमबार ०९:१२

बुटवल : मञ्जुश्री फाइनान्स लिमिटेडले आइतबार एक समारोहका बीच एकै पटक रुपन्देहीमा ४ वटा शाखा शुभारम्भ गरेको छ । फाइनान्सले बाह्रौं,तेह्रौं, चौधौ र पंध्रौ शाखाको उद्घाटन गरेको हो । काठमाडौंमा केन्द्रिय कार्यालय रहेको फाइनान्सले रुपन्देहीको तिलोत्तमा नगरपालिका भित्र योगीकुटी र मणिग्राम, सिद्धार्थनगरको भैरहवा र सैनामैनाको मुर्गियामा एकैपटक ४ वटा शाखा थप गरेको हो ।

थप ४ शाखासँगै फाइनान्सका १५ ओटा शाखा पुगेको फाइनान्सका कार्यकारी प्रमुख अधिकृत सन्तोष निरौलाले जानकारी दिए । यस अगाडि रुपन्देहीमा पाल्पारोड , बुटवलमा मात्र शाखा रहेको फाइनान्सको हाल ५ पुगेको छ । रुपन्देहीका ४ वटै शाखाको शुभारम्भ फाइनान्सका अध्यक्ष, पदाधिकारी, शाखा प्रमुख लगाएतले संयुक्त रुपमा उद्घाटन गरेको योगीकुटी शाखा प्रमुख पूजा घिमिरेले बताइन् ।

शाखा शुभारम्भका अवसरमा बोल्दै उनले फाइनान्सले ग्राहकको बचतमा उच्चतम व्याजदर प्रदान गर्ने र ऋण न्यूनतम व्याजदरमा प्रदान गर्ने बताइन् । ‘हामीले स्थानीय स्तरमा बचत र लगानीकर्ता दुबैलाई प्रोत्साहन गर्ने उद्देश्यले शाखा विस्तार गरेका छौं । बचतकर्तालाई उच्च व्याजदर र लगानीकर्ताहरुलाई न्यूनतम व्याजदरमा ऋण प्रदान गर्ने छौं ।’ उनले बताईन ।

काठमाडौंको नयाँ बानेश्वरमा मुख्यकार्यालय रहेको यस फाइनान्सको यस अघि नारायणगढ, न्यूरोड-काठमाडौं, पाल्पा रोड बुटवल, धनगढी, इटहरी, विराटनगर, नेपालगञ्ज, धरान, पोखरा र विरगञ्जमा ११ वटा शाखा रहेका थिए । त्यसैगरी, फाइनान्सको २०७८ साल अषाढ मसान्तसम्म रु. ९६ करोड ५३ लाख चुक्ता पूँजी एवम् रु. ५० करोड डिवेन्चर जारी गरेको फाइनन्सले जनाएको छ ।

राष्ट्रिय स्तरको फाइनान्सलेरु ८.९१ अर्ब निक्षेप संकलन गरी रु ७.९५अर्ब कर्जा परिचालन गरेको बताएको छ । फाइनान्सले विप्रेषण, मोवाइल बैंकिङ्ग इन्टरनेट बैकिङ्ग,एटिएम लगाएतका सेवा प्रदान गर्दै आएको र समय अनुसार स्तरोन्नती गर्दै जाने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७