तिलोत्तमा टोल विकास संस्थाको नयाँ समिति गठन, अध्यक्षमा ममराज क्षेष्ठ

जागरण पोस्ट ८ आश्विन २०७८, शुक्रबार १८:५४

रुपन्देही : तिलोत्तमा टोल विकास संस्थाको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ ।

बुटवल-१३ वेलबासमा आयोजित कार्यक्रमको अध्यक्षता ग्रहण गर्दै त्यसै टोल विकास संस्थाका निवर्तमान अध्यक्ष कृष्ण बहादुर कामीले आफ्नो कार्यकालमा केही राम्रा काम गरेको र काम गर्ने बेलामा धेरै समस्या झेल्नुपरेको गुनासो पोखेका थिए । काम गर्न सहज नभएपनी आफ्नो क्षमता अनुसारको काम गरेको उनले बताए साथै आफ्नो दुई बर्षे कार्यकालमा सहयोग गर्ने सम्पुर्ण टोलवासी लगायतलाई धन्यवाद दिएका थिए ।

कार्यक्रमको प्रमुख अतिथी बुटवल उपमहानगरपालिका वडा नम्बर-१३ का अध्यक्ष नारायण प्रसाद पुनले तिलोत्तमा टोल पहिलेको भन्दा विकास निर्माणमा धेरै अगाडि बढिसकेको र आफुले गर्नुपर्ने सहयोग सधैं जारी रहने आश्वासन दिएका थिए । विशिष्ट अतिथिमा-१३ नम्बर वडाका वडा कार्यपालिका सदस्य बिष्णु शर्माले पनि बोलेका थिए ।

कार्यक्रमका अतिथी-१३ नम्बर वडाका वडा सदस्य वेद प्रसाद गैरेले पनि तिलोत्तमा टोल बिगत र वर्तमानमा धेरै फरक भैइसकेकोले यसको स्थानीय सरकार आएपछि यहाँको विकासमा अझै सहज भएको बताएका थिए ।

कार्यक्रममा वडा सदस्य सरस्वती परियार, खुमानन्द पौडेल, वडा सचिव जीवन भट्टराई, महिला संघकी अध्यक्ष मधुकला कुवर, महिला स्वाभिमान संस्थाको वरिष्ठ उपाध्यक्ष नमकला वेलवासे, तिलोत्तमा आमा समुहको अध्यक्ष भुमा विस्वकर्मा लगाएतले बोलेका थिए । कार्यक्रमको संचालन तिल कुमारी रानाले गरेकी थिईन ।

साथै, तिलोत्तमा टोल विकास संस्थाले आफ्नो नयाँ नेतृत्व समेत चयन गरेको छ । जसको अध्यक्षमा विगत लामो समयदेखि समाज सेवा र टोल विकासको लागि अग्रसर भएर लागिरहेका ममराज श्रेष्ठ बनेका छन् भने उपाध्यक्षमा बम बगाले, सचिवमा उषा पुरी, कोषाध्यक्षमा लक्ष्मी राना, सह-कोषाध्यक्षमा मेनुका बस्याल, सदस्यहरुमा मीन बहादुर रानाभाट, ममता श्रेष्ठ, शुक्र विस्वकर्मा, लक्ष्मी स्याङ्तान, सीता परियार, महेश घिमिरे, सुनिल थापा, बसन्त उपाध्याय रहेका छन् । अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालमा तिलोत्तमा टोललाई विकासमा केही नयाँ तरिकाले अगाडी बढ्ने बताए । टोलवासीको समस्या समाधान गर्न आफू सधैं तयार रहेको र अब झनै जिम्मेवारी थपिएको बताउँदै सबै टोलवासीले आफुलाई सहयोग गर्नेमा बिश्वास व्यक्त गरे ।

त्यसैगरी, सल्लाहकार समितिमा बरिस्ठ सल्लाहकार हिरा सिंह थापा, सल्लाहकारमा राम बहादुर दर्जी, तिल कुमारी राना, खिम बहादुर विस्वकर्मा रहेका छन् ।

त्यस्तै, लेखा समिति संयोजकमा बिष्णु सुनार, सदस्यमा बसन्ती लम्का र काशीनाथ विस्वकर्मा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

नियतमैं खोट भएकालाई बदल्न सकिँदैन, थप बर्बादी हुनबाट रोक्ने हाम्रो दायित्त्व हो

कुनैपनि हिंस्रात्मक आन्दोलन सभ्य समाजको लागि शोभनीय हुँदै होईन। सभ्य समाज निर्माण गर्नको लागि सबैभन्दा पहिला नागरिक सभ्य हुनुपर्दछ अनिमात्र घर समाज हुँदै देश सभ्य

जागरण पोस्ट २५ आश्विन २०७८, सोमबार १९:४९

चुरे दोहन नीति तुरुन्त खारेज गर

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५