तिलोत्तमा रक्तदाता समाजको १०औ रक्तदान कार्यक्रम सम्पन्न

जागरण पोस्ट ९ आश्विन २०७८, शनिबार १७:१६

रुपन्देही : तिलोत्तमा रक्तदाता समाजको आयोजनामा शनिवार वृहत् खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम तिलोत्तमा-५ स्थित श्री गौराङ्ग इजि वे ट्रायल सेन्टर मा आयोजना गरिएको थियो ।

सामाजिक प्रतिष्ठित व्यक्ति पशुपती घिमिरेको प्रमुख आथित्यतामा भएको कार्यक्रममा संस्थाका अध्यक्ष गोबिन्द बन्जाडेले अध्यक्षता गरेका थिए । कार्यक्रममा लायन्स भलवारीका अध्यक्ष गङ्गाधर भुसाल, इजि वे ट्रायल सेन्टर का संचालक प्रजेश घिमिरे लगाएतको उपस्थिती रहेको थियो ।

रक्तदान जस्तो पुण्य कार्य संसारमा नै सबैभन्दा बढी पवित्र कार्य रहेको र यस कार्यमा शहर देखि गाउँसम्म जनचेतनाको आवश्यकता रहेको प्रमुख अतिथी घिमिरेले बताए । रक्तदान जस्तो पवित्र कार्य आयोजना गरेकोमा संस्थाको खुलेर प्रशंसा गरेका थिए ।

समाजको यो नियमित १०औ रक्तदान कार्यक्रम हो । २०७७ पुस महिनाबाट पहिलो रक्तदानको कार्यक्रम सुरु गरेको र हाल सम्म यस संस्थाले करिब ७०० भन्दा बढी युनिट रगत संकलन गरी ब्लड बैकलाई बुझाएको र स्थापनाको पहिलो वर्षमै रुपन्देही जिल्लामा चौथो स्थान हासिल गर्न सफल भएको रक्तदाता समाजका महासचिव अरुण पन्थीले जानकारी गराए ।

कार्यक्रममा ५१ युनिट रगत संकलन भएको समाजका अध्यक्ष गोबिन्द बन्जाडेले जानकारी दिए । अब को आ.व मा जिल्लामै रगत संकलन गर्ने लक्ष्य रहेको र संस्थामा प्रथम हुने प्रतिबद्धता जनाए ।

इजि वे ट्रायल सेन्टरको मुख्य प्रायोजक रहेको कार्यक्रममा कार्यक्रम संचालन समाजका महासचिव अरुण पन्थीले गरेका थिए भने सो कार्यक्रमको संयोजन संस्थाका सदस्य सन्दिप घिमिरेले लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

नियतमैं खोट भएकालाई बदल्न सकिँदैन, थप बर्बादी हुनबाट रोक्ने हाम्रो दायित्त्व हो

कुनैपनि हिंस्रात्मक आन्दोलन सभ्य समाजको लागि शोभनीय हुँदै होईन। सभ्य समाज निर्माण गर्नको लागि सबैभन्दा पहिला नागरिक सभ्य हुनुपर्दछ अनिमात्र घर समाज हुँदै देश सभ्य

जागरण पोस्ट २५ आश्विन २०७८, सोमबार १९:४९

चुरे दोहन नीति तुरुन्त खारेज गर

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५