नियतमैं खोट भएकालाई बदल्न सकिँदैन, थप बर्बादी हुनबाट रोक्ने हाम्रो दायित्त्व हो

जागरण पोस्ट २५ आश्विन २०७८, सोमबार १९:४९

कुनैपनि हिंस्रात्मक आन्दोलन सभ्य समाजको लागि शोभनीय हुँदै होईन। सभ्य समाज निर्माण गर्नको लागि सबैभन्दा पहिला नागरिक सभ्य हुनुपर्दछ अनिमात्र घर समाज हुँदै देश सभ्य बन्दछ।

राज्यसंगको शान्तिपूर्ण आन्दोलन हरेक नागरिकको अधिकारको बिषय पनि हो र, राज्य पनि बिधि र बिधानमा चल्नुपर्दछ। राज्यले पनि हदैसम्मको लोकतान्त्रिक व्यवहार दर्शाऊनुपर्दछ।

सुशासन, पारदर्शिता अनि भ्रष्टाचारमुक्त राज्यको परिकल्पना सबैको चाहनाको बिषय हुन्छ। सुरक्षा, स्वाभिमान, स्वतन्त्रता अनि सम्मानपूर्ण बाँच्न पाऊने हरेक नागरिकको नैसर्गिक अधिकार हो। यसमा राज्यले कुनैपनि बाहानामा सम्झौता गर्न पाऊँदैन।

घरबारबिहिन र भूमिहिन नागरिकलाई विशेष सम्बोधन गर्नु राज्यको दातित्त्व हो। त्यस्ता नागरिकलाई खोजी खोजी राज्यले आवास र भोगचलनको लागि भूमी उपलव्ध गराऊनुपर्दछ।

तर, तिनै घरबारबिहिन र भूमीहिन नागरिकको समस्या समाधानका नाममा राजनैतिक पहुँच र शक्तिवालहरुको बोलबाला रह्यो भने त्यहाँ सुकुम्बासी समस्या समाधान हुँदैन, झनै विकराल समस्याको उत्पत्ति हुन्छ।

बुटवलको मोतिपुर सुकुम्बासी समस्या पनि यस्तै कारणले गर्दा चर्किएको हो। वास्तविक सुकुम्बासी पहिचान नगरिकन हतार हतारमा औधोगिक परियोजना लागू गरियो। सरकारको उक्त कांचो कदमले गर्दा उक्त क्षेत्रमा नक्कली सुकुम्बासीको बिगबिगी बढ्यो। वास्तविक सुकुम्बासी ओझेलमा परे, नक्कली र पहुँचवाला सुकुम्बासीको दादागिरी चल्यो।

परियोजना छनौटसंगै उक्त क्षेत्रका वास्तविक सुकुम्बासी पहिचान गरि बेलैमा स्थानान्तरण गरेको भए आज यस्तो विकराल समस्या आऊने पनि थिएन। सुकुम्बासीमात्रै होईन, बर्षौंदेखि उक्त क्षेत्रमा बसोबास गर्दै आएका अन्य नागरिक र उनिहरुले भोगचलन गर्दैआएको जमिनको उचित मुआब्जासहित बस्ती स्थानान्तरणको प्रक्रिया पूरा गरेर मात्र परियोजना शिलान्यासको कामलाई अंघि बढाएको भए आज मोतिपुरमा यो नोक्सान नै हुनेथिएन।

अस्थिर राजनिति होस या परिवर्तनका ठुला साना क्रान्ती या आन्दोलन होऊन, आखिरमा मारमा पर्ने तल्लो बर्गका नागरिक नै हुन चाहे ती सुरक्षाकर्मी होऊन या पत्रकार होऊन अथवा आस्थावान नागरिक र कार्यकर्ता नै किन नहोऊन?

भूमाफियाले हाम्रो नेतृत्वलाई सर्लक्कै मुठ्ठीमा कंसेर राखेका छन र हाम्रो नेतृत्त्वको नियत पनि ठिक छैन। तुष्छित राजनैतिक स्वार्थका खातिर नेताले हरेकपटक घृणित हर्कतहरु गर्दैआएका छन। जसबाट आफूलगायत आफ्ना आसपासका विभिन्न तह र तप्काका बर्ग लाभान्वित भएका छन भने जनता सधै यिनिहरुको घृणित राजनीतिको मारमा पर्दै आएका छन।

वास्तवमा भन्ने हो भने सुकुम्बासी समस्या समाधान आयोगको नाममा हजारौं गैर सुकुम्बासीले जग्गा र लालपूर्जा हात पारेका छन। वास्तविक सुकुम्बासीका समस्या भने ज्यूंका त्यूँ छन। यो हाम्रा नेताले बसालेको लोभिपापी राजनैतिक पद्धती र ब्यवस्थाको परिणति हो।

सुकुम्बासीको नाममा सार्वजनिक जग्गा हडप्न खोज्ने गैर सुकुम्बासीहरु अधिकांश राजनैतिक दलका नेताकार्यकर्ता नै देखिन्छन। नेताले संरक्षण गरेर राखेका गुण्डा नाईकेदेखि भूमाफियासम्मका देखिन्छन। यो नेताको अति घातक र घृणित राजनितिको पराकाष्ठा हो।

हामीलाइ वर्तमानका राजनैतिक दलका नेता सुध्रिएलान भन्ने त रत्ति पनि आश छैन। यिनैका स्कूलिङ्गमा हुर्किएका भविष्यका नेता पनि सुध्रिएर आऊलान भन्ने पनि आश छैन। मात्र, नागरिकस्तरबाट निरन्तरको खबरदारी र संघर्षले अझ भयानक समस्या सृजना हुनबाट रोक्न सकिन्छ कि भन्ने मात्र आश हो। त्यसैले गलत पात्र, प्रवृत्ति र नेतृत्त्वलाई परास्त गर्न निरन्तर आवाज र संघर्ष त गरि नै रहनुपर्दछ। किनकि नियतमै खोट भएकाबाट थप बर्बादी हुनबाट रोक्नेमात्र हो, नियत नै बदल्ने सकिने भने होईन।

twitter.com @jagaranpost1

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

नियतमैं खोट भएकालाई बदल्न सकिँदैन, थप बर्बादी हुनबाट रोक्ने हाम्रो दायित्त्व हो

कुनैपनि हिंस्रात्मक आन्दोलन सभ्य समाजको लागि शोभनीय हुँदै होईन। सभ्य समाज निर्माण गर्नको लागि सबैभन्दा पहिला नागरिक सभ्य हुनुपर्दछ अनिमात्र घर समाज हुँदै देश सभ्य

जागरण पोस्ट २५ आश्विन २०७८, सोमबार १९:४९

चुरे दोहन नीति तुरुन्त खारेज गर

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५