पूर्वराजाको अभिव्यक्ति देशलाई द्वन्द्वमा धकेल्ने षड्यन्त्र – बाबुराम भट्टराई

जागरण पोस्ट २६ आश्विन २०७८, मंगलवार २२:३१

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पूर्व राजा ज्ञानेन्द्र शाहले देशलाई पुनः द्वन्द्वमा धकेल्न खोजेको आरोप लगाएका छन् । उनले राजले भ्रमको खेती गरेको भन्दै चुवचाप गणतन्त्र स्वीकार्न चेतावनी समेत दिए ।

‘राजसंस्थाविनाको प्रजातन्त्र टिक्दैन भन्नु जनतालाई तातो बरफ वा सिंगसहितको खरायो खोज्न लगाउनु जस्तै भ्रमको खेती गर्नु र देशलाई पुनः द्वन्द्वमा धकेल्नु मात्रै हो,’ जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष भट्टराईले ट्वीट गर्दै लेखेका छन्, ‘पूर्व राजालाई देश र जनताप्रति अलिकति पनि जिम्मेवारीबोध छ भने चुपचाप संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्वीकारेर बस्नु वेश हुनेछ ।’

पूर्व राजा शाहले दशैंको शुभकामना भिडियो सन्देशमार्फत् दिदै प्रजातन्त्रविना राजसंस्था र राजसंस्थाविनाको प्रजातन्त्र नेपालको सन्दर्भमा नहुने बताएपछि बाबुरामको पछिल्लो अभिव्यक्ति आएको हो ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

नियतमैं खोट भएकालाई बदल्न सकिँदैन, थप बर्बादी हुनबाट रोक्ने हाम्रो दायित्त्व हो

कुनैपनि हिंस्रात्मक आन्दोलन सभ्य समाजको लागि शोभनीय हुँदै होईन। सभ्य समाज निर्माण गर्नको लागि सबैभन्दा पहिला नागरिक सभ्य हुनुपर्दछ अनिमात्र घर समाज हुँदै देश सभ्य

जागरण पोस्ट २५ आश्विन २०७८, सोमबार १९:४९

चुरे दोहन नीति तुरुन्त खारेज गर

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५