नपुंसकता हुनसक्ने भन्दै कोरोनाबिरुद्धको खोप लगाऊन इन्कार

जागरण पोस्ट २७ आश्विन २०७८, बुधबार ११:४३

तान्जानिया का लगभग सबै मुश्लिम समुदायहरुले भविष्यमा आफूहरुमा नपुंसकता जस्तो समस्या देखिने हल्लादेखि लिएर धार्मिक आस्थाका कारण पनि कोरोनाविरुद्धको खोप लगाऊन मानिरहेका छैनन।

तान्जानियाको जान्जिवार राज्य एक अलग्गै स्वायत्त राज्य हो र यो आफैमा एक पर्यटकीय टापु पनि हो।

करिब १,६६६ बर्गकिलोमिटर क्षेत्रफल भएको यस टापुको जनसंख्या १७ लाखभन्दा बढि रहेको छ। गतहप्ता मात्रै तान्जानिया सरकारले अमेरिकी सरकारले अनुदानस्वरुप उपलव्ध गराएको जोनसन एण्ड जोनसन कम्पनीको ३ लाख साठी हजार डोज खोप भित्र्याएको छ, जसमध्ये १० हजार डोज खोप जान्जिवार राज्यले प्राप्त गरेको छ।

यसभन्दा अंघि कुनै एक च्यारिटेवल ट्रस्टको माध्यम भित्रिएको रसियन स्पतुनिक खोप कतिपय पहुँचवाला व्यापारी, ब्यवसायी, कम्पनीमा कार्यरत उपल्ला तहका कर्मचारी र राजनैतिक नेताहरुले लगाएका थिए।

तर, अहिले विभिन्न चरणमा गरेर जान्जिवारमा विभिन्न कम्पनीका उत्पादनसहित करिब ५ लाख डोज कोरोनाबिरुद्धको खोप भित्रिएको छ। सरकारले राज्यका सबै नागरिकलाई कोरोनाबिरुद्धको खोप लगाऊने बताएता पनि उचित पहलकदमी भने लिन सकिराखेको छैन। कारण हो- कोरोनाको खोपले भविष्यमा नपुंसकताजस्तो समस्या सृजना गर्दछ, यो धार्मिक आस्थाको बिरुद्धमा पनि छ भन्नेजस्ता अफवाहका कारणले गर्दा तान्जानियामा कोरोनाबिरुद्धको खोप अभियान सहज हुन सकिराखेको छैन।

यसैपनि हालसालै दिवंगत भएका तान्जानियाका राष्ट्रपति जोन मुगुफुलीले कोरोना अफवाह हो भन्दै आफ्ना नागरिकलाई कुनैपनि हालतमा मास्क नलगाऊन उर्दि जारी गरेका थिए। यतिमात्र होईन, उनले कोरोनाको कुनै पनि भ्याक्सिन तान्जानिया नभित्र्याऊने भन्दै सार्वजनिक भाषणमैं भन्नेगर्दथे। यसै बिषयलाई लिएर उनको र संयुक्त राष्ट्रसंघबिच टकराव पनि बढेको थियो। तर हालकी राष्ट्रपति सामिया सुलुहु हसनले भने आफ्नो देशका सबै नागरिकलाई कोरोना महामारीबाट बंचाऊने र सबै नागरिकलाई उपलव्ध भएसम्मका कोरोनाविरुद्धको खोपमा सामेल गर्ने बताएकी थिईन।

अशिकांश मुश्लिम बाहुल्य रहेको तान्जानियासहित जान्जिवार टापुमा पनि कोरोनाबिरुद्धको भ्याक्सिन अभियान सहज नहुने देखिएको छ। यहाँका मुश्लिम समुदायमा कुनैपनि बैज्ञानिक दबाई धर्मबिपरित रहेको मान्दछ। उनिहरुले प्राकृतिक चिकित्सा पद्धतिमैं बिश्वास गर्ने गर्दछन।

अब्दुल फताह, उमेरले ३० बर्ष लागे। जान्जिवारकै एक होटलमा काम गर्दछन। उनी अहिले कोरोनाबिरुद्धको खोप लगाऊने कि नलगाऊने भन्नेबारेमा साह्रै द्विविधामा छन। यता कम्पनीले आफ्ना सबै कर्मचारीलाई एक महिनाभित्रमा कोरोनाबिरुद्धको खोप लगाऊन उर्दि जारी गरेको छ र खोप लगाऊन लाग्ने रकम सबै कम्पनीले नै बेहोर्ने जनाईसकेको छ। तर, उनीलगायत अन्य कतिपय मुश्लिम समुदायका कर्मचारी भने खोप लगाऊने कि नलगाऊने भन्नेबारेमा साह्रै द्विविधामा छन।

यसो त अबको २/३ महिनाभित्रमा आफ्ना सबै कर्मचारीले कोरोनाबिरुद्धको खोप लगाएमात्र उनीहरुको जागिरलाई निरन्तरता दिने भनेर जान्जिवारका सबै सानाठुला होटलहरुले जानकारी दिईसकेका छन। ३ महिनाभित्रमा कोरोनाबिरुद्धको खोप नलगाए जागिरबाट हात धुनुपर्ने अवस्थामात्र होईन, अर्को कम्पनीमा काम गर्न जानको लागि पनि कोरोनाबिरुद्धको खोप लगाएको प्रमाणित भएमात्र जागिर पाईन सकिने अवस्था रहिआएको छ।

“मैले मेरि आमालाई गाऊँमा फोन गरेर सोधिसकें, कोरोनाको खोप लगाऊन दवाव सृजना गरिएको छ। कम्पनीको निर्देशन अवज्ञा गरे जागिरबाट हात धुनुपर्ने अवस्था पनि आऊन सक्तछ।” – साह्रै अन्योलमा परेका अब्दुल भन्छन- “आमाले पनि बरु अन्त जागिर खोज, खोप लगाऊन हुंदैन भन्नुभयो।” मेरि आमाले मसंग जहिल्ल्यै पनि गम्भीर सवालहरुमा उचित सल्लाह दिने गर्नुहुन्छ- अब्दुल भन्छन।

तर, समस्या यो छ कि कोरोनाबिरुद्धको खोप नलगाएको खण्डमा अन्य कम्पनीमा पनि जागिर पाईंदैन। या त जागिरबाट हात धोएर बस्नुपर्यो, या कोरोनाबिरुद्धको खोप लगाऊनुपर्यो।

फेरि भ्याक्सिनको बिषयलाई लिएर यहाँ अर्को अफवाह पनि फैलिएको छ – भविष्यमा नपुंसकता हुने सम्भावना प्रवल छ भनेर। यसैकारण पनि यहाँका लगभग सबै मुश्लिम समुदायका नागरिक भ्याक्सिन लगाऊनबाट हिच्किचाईरहेका छन।

जान्जिवारमा एक सानो किराना पसल गरेर बस्ने मसूद भन्छन – हाम्रो लागी सबै कुरा अल्लाह नै हुन। अल्लाहले नै हाम्रो सुरक्षा गर्नेछन। अझ रोचक कुरा त के भने भ्याक्सिनभन्दा उत्तम त कोरोना नै हो। कोरोनाले ऐलेसम्म मान्छे मरेका छैनन, तर भ्याक्सिन लगाएको भए हामी मर्नेथियौं – उनी भन्छन।

यद्यपि कोरोना भाइरसले तान्जानियामा पनि मान्छे नमरेका भने होईनन। मुगुफुली राष्ट्रपति हुँदा कोरोना को केसलाई अत्यन्तै गुपचुप राखिएता पनि उनीपश्चात राष्ट्रपति बनेकी सामियाको कोरोनाको सन्दर्भमा उदार नितिको कारण पछिल्लो समय कोरोनाबाट मृत्यु भएकाको तथ्यांक भने सार्वजनिक हुँदै आएको छ ।

बिजय ज्ञवाली।

जागरणपोस्टलाई ट्विटरमा फ्लो गर्नुहोस – @jagaranpost1

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

नियतमैं खोट भएकालाई बदल्न सकिँदैन, थप बर्बादी हुनबाट रोक्ने हाम्रो दायित्त्व हो

कुनैपनि हिंस्रात्मक आन्दोलन सभ्य समाजको लागि शोभनीय हुँदै होईन। सभ्य समाज निर्माण गर्नको लागि सबैभन्दा पहिला नागरिक सभ्य हुनुपर्दछ अनिमात्र घर समाज हुँदै देश सभ्य

जागरण पोस्ट २५ आश्विन २०७८, सोमबार १९:४९

चुरे दोहन नीति तुरुन्त खारेज गर

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५