कृषक र कृषिका अथाह पीडा – कहिले सरकारले ठग्छ त कहिले प्रकृतिले

जागरण पोस्ट ३ कार्तिक २०७८, बुधबार ०९:०१

कृषक र कृषि भन्नको लागी नै सहि, नेपाल कृषिप्रधान देश त भनिएको छ, तर हामी कृषिजन्य बस्तुमैं परनिर्भर हुनलागेको कयौं बर्ष भैसकेको पनि छ। कुनै बेला धान, चामल निकासी गर्ने नेपाल अहिले आएर हरेक कृषिजन्य बस्तुहरु आयात गरेर मात्र चुलो जलाऊने अवस्थामा पुगेको छ। छाक टार्न नभई नहुने कृषिजन्य वस्तु आयात गर्नुपर्ने बाध्यता त्यसै उब्जेको होइन। कृषिमा व्यवसायीकरण र विविधीकरणको अभाव, कृषि सामग्रीको उचित बन्दोबस्ती, वास्तविक कृषक संग जमिन अभाव र कृषि कर्म गर्ने जनशक्तिको अभावका कारण परनिर्भरता बढेको देखिन्छ।

जेनतेन खेतीयोग्य जमिनमा उब्जाऊ हुने कृषिजन्य बस्तुका कथा पनि कृषक का अथाह पिडाका कथासंगै मिसिएर आएका छन। धान रोप्नु अघिदेखिको मल अभाव धान पाक्न लाग्दासम्म पनि पाइदैन। बाह्रैमास अभाव झेलिरहेका किसानले कहिल्ल्यै सहज एवं सर्वसुलवरुपमा कहिल्ल्यै मल पाएनन। सधै अभावकै बीचमा कृषक ले आफ्नो खेती लगाउनुपर्ने हुन्छ।

जहाँ जहाँ मल पाइन्छ भन्ने सुन्यो त्यतै दौडिंदा दौडिंदा किसानको धान पाकिसक्ने बेला हुन्छ। मल अभावमा धानको उत्पादन घटे परिवारमा भोकमरीको सङ्कट आउने चिन्ताले मल खोज्न दैनिक कृषि सहकारी, बजार धाइरहेका गरिव किसानका कहानी जुनसुकै सरकारले पनि कहिल्लै सुन्न चाहेनन।

धान उत्पादन बढाउन युरिया आवश्यक भए पनि समयमा उपलब्ध नहुँदा देशभरका किसान सदैव मारमा पर्नेगरेका हुन्छन। तराईका अधिकांश कृषकलाई युरिया मलकै लागी सीमावर्ती बजार धाउनुपर्ने बाध्यता छ। किसानले स्थानीय तहलाई समयमै किसानलाई मल उपलब्ध गराउनुपर्ने र नसके अन्य सम्भावना खोजी गरी मल ल्याउन दिनुपर्ने किसानका माग न नै सम्बोधन हुनसक्यो, न नै किसानलाई मल आयातमा स्वतन्त्र छाडियो।

धानमा हाल्ने बेला युरिया मल नपाऊँदा किसानलाई मात्रै नभई समग्र कृषि क्षेत्रमै असर पार्छ। समयमै सहजरुपमा मल उपलब्ध गराउन केन्द्रदेखि स्थानीय सरकारले सहयोग गर्नुपर्ने हो, सो हुन सकेन। सधैका बर्षझैं यसपाली पनि किसानले बेलैमा मल पाएनन। सरकारका जिम्मेवार मन्त्री र अधिकारीहरु ठुला ठुला भाषण गर्नमै मस्त रहे, तर मल आएन। जेनतेन गरि उब्जिएको धानबाली काटेर किसानले भित्र्याउन के थालिसकेका थिए, यिनै समस्यारत किसानमाथी फेरि प्रकृतिले नराम्रोसंग बज्रपात पारिदिएको छ।

सोमबार साँझदेखि अचानक शुरु भएको बेमौसमी बर्षाले गर्दा देशका विभिन्न स्थानमा लगाइएको धानबालीलाई नोक्सान पुर्‍याएको छ। पानीले धान बालीमा पुर्‍याएको क्षतिको यकिन विवरण आऊन सकेको छैन। अझ कतिपय स्थानमा काटिइसकेको धान सबै डुबेर बेहाल भएको स्थिति छ। कुल धानबालीमध्ये २५ प्रतिशत धान काटिइसकेको अवस्था छ। निरन्तरको झरीले काटेको धानमा बढि क्षति पुर्‍याएको छ।

मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा कृषि क्षेत्रको योगदान ४१ प्रतिशत छ। अझैपनि ७१ प्रतिशत किसानको मुख्य पेसा नै कृषि हो। तर ६० प्रतिशत जनशक्ति कृषि पेसामा लागे पनि तिनलाई खानसमेत पुग्दैन। २३ प्रतिशत किसानको आफ्नो जमिन छैन। राज्यले कुल वार्षिक बजेटको तीनदेखि चार प्रतिशतसम्म कृषिमा लगानी गर्दै आएको छ। जनसंख्या बढ्दो छ, तर उत्पादकत्व बढेको छैन। कृषिको मुख्य उत्पादन धानलाई मुलुकको मूल अर्थतन्त्रको मेरुदण्डसँग जोडिएको छ। जुन वर्ष धानको उत्पादन घट्छ, त्यो वर्ष कुल गार्हस्थ उत्पादन (जीडीपी) को अवस्था पनि खुम्चिन्छ। धान उत्पादनले जीडीपीको अवस्थालाई दिशा दिने काम गर्छ।

तर, यहिं धान रोप्ने बेलादेखि काटेर भित्र्याऊने बेलासम्म सरकार, बिचौलिया र प्रकृतिको निरन्तर ठगीमा भने किसान पर्दै आएका छ्न। अचानकको बर्षाले देशभर नोक्सान पुर्याएको धानबालीको यकिन विवरण संकलन गरि सरकारले कृषकलाई उचित क्षतिपूर्तिको ब्यवस्था गर्न नसके यसपाली पनि किसानका आँखाका आँशु थामिने छैनन। कृषकलाई परेको आपतमा सरकार रमिते होईन, अभिभावक बनेर आफ्नो दायित्त्व र जिम्मेवारी निर्वाह गरोस। याद रहोस, कृषकका आँशु साह्रै नै महंगो हुनेगर्दछ।

जागरणपोस्टलाई ट्विटरमा फ्लो गर्नुहोस-@jagaranpost1

Facebook Comments

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

पहिला आयल निगम सुधार, अनिमात्र इन्धनको मूल्य समायोजन गर

काण्डै काण्डमा फसेको नेपाल आयल निगम सुधार नगरी सुखै छैन। जतिपनि सरकार आऊँछन- तिनिहरुको पहिलो प्राथमिकतामा हुन्छ मूल्यबृद्धि र करबृद्धि। हरेक सरकारबाट जनतालाई राहत हैन

जागरण पोस्ट १४ कार्तिक २०७८, आईतवार १३:४८

न्यायमूर्तीको मन्दिरमा इमानको संकट !

जागरण पोस्ट १२ कार्तिक २०७८, शुक्रबार ११:०५

कृषक र कृषिका अथाह पीडा – कहिले सरकारले ठग्छ त कहिले प्रकृतिले

जागरण पोस्ट ३ कार्तिक २०७८, बुधबार ०९:०१

नियतमैं खोट भएकालाई बदल्न सकिँदैन, थप बर्बादी हुनबाट रोक्ने हाम्रो दायित्त्व हो

जागरण पोस्ट २५ आश्विन २०७८, सोमबार १९:४९