आजबाट मौसममा सुधार, धेरै ठाउँमा घाम लाग्दै

Jagaran Post ४ कार्तिक २०७८, बिहीबार १०:४८

काठमाण्डौ : आजबाट मौसममा क्रमिक सुधार हुने मौसमविद्ले बताएका छन् । मौसमविद् वरुण पौडेलले बिहीबारदेखि मौसममा सुधार हुँदै जाने बताएका हुन् । अर्को प्रणाली नआएसम्मका लागि अब ठूलो पानी पर्ने सम्भावना नरहेको उनको भनाई छ । आजबाट धेरै ठाउँमा घाम लाग्ने बताइएको छ ।

अर्का मौसमविद् समिर श्रेष्ठका अनुसार आजबाट मौसममा सुधार आउने भएपनि पूर्ण सुक्खा भने नहुने बताए । एकदुई ठाउँमा थोरै पानी पर्ने सम्भावना कायमै रहेको र त्यसले गर्दा पूर्ण सुक्खा भने नहुने उनको भनाई छ । तर अब ठूलो पानी पर्ने सम्भावना भने नरहेको उनले बताए ।

नेपालमा भारतको बिहार र उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावका कारण गत असोज ३१ गतेबाट कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा अत्यधिक वर्षा र अन्य प्रदेशका केही स्थानमा भारी वर्षा भएको थियो ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६