एनसेलले सरकारलाई बुझायो २७ अर्ब रुपैयाँ

Jagaran Post ४ कार्तिक २०७८, बिहीबार १२:१९

काठमाण्डौ : निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले गत आर्थिक वर्ष २०७७÷७८ मा सरकारलाई विभिन्न कर र शुल्क शीर्षक अन्तर्गत झण्डै २७ अर्ब रुपैयाँ तिरेको छ । एनसेलले दूरसञ्चार सेवा प्रदायक अन्य कम्पनीहरूले भन्दा धेरै रकम भुक्तानी गरेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले सार्वजनिक गरेको गत आवको प्रतिवेदन अनुसार निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले दूरसञ्चार सेवा शुल्क वापत ४ अर्ब ६९ करोड रुपैयाँ, मूल्य अभिवृद्धि कर अर्थात भ्याट वापत ५ अर्ब ५१ करोड, रोयल्टी २ अर्ब २१ करोड, अन्य कर र महसुल अन्तर्गत १२ अर्ब ९६ करोड रुपैयाँ र फ्रिक्वेन्सी शुल्क वापत १ अर्ब ५९ करोड रुपैयाँ सरकारलाई बुझाएको छ ।

सरकारी स्वामित्वको नेपाल टेलिकमले भने सोही आवमा विभिन्न कर र महसुल गरि १२ अर्ब ५६ करोड रुपैयाँ सरकारलाई तिरेको छ ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८