सुनको मूल्य तीन सयले वृद्धि

Jagaran Post ४ कार्तिक २०७८, बिहीबार १३:०३

काठमाण्डौ : नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ३०० ले बढेर रु ९१ हजार ७०० कायम भएको छ । छापावाल सुन बुधबार प्रतितोला रु ९१ हजार ४०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ । महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुन प्रतितोला रु ९१ हजार २०० मा कारोबार भईरहेको । बुधबार प्रतितोला रु ९० हजार ९०० मा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य बुधबारको तुलनामा प्रतितोला रु २५ ले बढेर आज रु एक हजार २६० पुगेको छ । चाँदी बुधबार प्रतितोला रु एक हजार २३५ मा कारोबार भएको थियो ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८