काठमाण्डौ : बैंकहरुले बढाएको निक्षेपको ब्याजदर पुनः घटाएका छन् । नेपाल राष्ट्र बैंकले मंगलबार साँझ २४ घण्टाभित्र ब्याजदर घटाउन निर्देशन दिएपछि बैंकहरुले धमाधम ब्याजदर घटाएका हुन् । कात्तिक १ गते नयाँ ब्याजदर तोक्दै निक्षेपको ब्याज ११ दशमलव ६७ प्रतिशत सम्म पुर्याएका बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।
ब्याजदर बढाएको हिमालयन बैंकले ११ दशमलव ६७ तोकेकोमा घटाएर नयाँ ब्याजदर ९ दशमलव ३६ प्रतिशत, सिद्धार्थ, नबिल, एभरेष्ट, माछापुच्छ्रे, बैंक अफ काठमाण्डु, सेञ्चुरी र नेपाल बंगलादेश, एनसीसी र सिभिल बैंकले समान अंकको ९ दशमलव ३६ प्रतिशत ब्याजदर तोकेका छन् ।
त्यस्तै नेपाल बैंक, एनएमबी, कुमारी, एनर्आइसी एसिया र मेगा बैंकले पनि निक्षेपको ब्याजदर ९ दशमलव ३६ प्रतिशत नै तोकेका छन् । नेपाल एसबीआईले ९ दशमलव ४१ तथा नेपाल इन्भेष्टमेन्ट र लक्ष्मी समान बैंकले ९ दशमलव ३५ रुपैयाँ ब्याज तोकेका छन् । सनराईज र सानिमा बैंकले ९ दशमलव ०६, प्रभुले ८ दशमलव ५७, राष्ट्रिय वाणिज्यले ८ दशमलव ३६, सिटिजन्सले ८ दशमलव ८ तथा कृषि विकास बैंकले ८ दशमलव ८५ रुपैयां नयाँ ब्याजदर तोकेका छन् ।