सामलिङ पावर कम्पनीको साधारण शेयर खुला

Jagaran Post ४ कार्तिक २०७८, बिहीबार १३:५०

काठमाण्डौ : सामलिङ पावर कम्पनी लिमिटेडले बिहीवारदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ७ करोड ३० लाख मूल्य बराबरको ७ लाख ३० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन आईपीओ को शेयर बिक्री खुला गरेको हो ।

निष्काशन गरिने साधारण शेयरमध्ये ५ प्रतिशत अर्थात ३६ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँड र २ प्रतिशत अर्थात १४ हजार ६०० कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरिएको छ । बाँकी रहेको ६ लाख ७८ हजार ९०० कित्ता शेयर खरिदका लागि सर्वसाधारणले बिहीवारदेखि आवेदन दिन पाउने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेण्ट बैंकिङ लिमिटेडले जनाएको छ ।

कम्पनीको विवरण पत्र अनुसार सर्वसाधारणले कात्तिक ८ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । सो अवधिसम्म माग गरिएबमोजिम आवेदन नआए कात्तिक १८ सम्म निष्काशन खुला हुने विवरणपत्रमा उल्लेख छ ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६