काठमाण्डौ : सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासन भत्तामा १५ प्रतिशत वृद्धि गर्ने तयारी गरेको छ । सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यको बुँदा नम्बर ३९२ मा प्रहरी र सशस्त्र प्रहरीको रासनमा १५ प्रतिशत वृद्धि गर्ने घोषणा गरेको थियो । गृहमन्त्री बालकृष्ण खाँणले आगामी मन्त्रिपरिषद्को बैठकमा यस सम्बन्धी फाइल पेस गर्न स्वीकृत गरिसकेका छन् ।
बैठकले निर्णय गरेपछि गत साउन एक गतेदेखि नै नेपाल प्रहरी र सशस्त्र प्रहरीले वृद्धि भएको रासन भत्ता पाउनेछन् । सरकारले जिल्लाको दर रेट र भौगोलिक क्षेत्रका आधारमा भत्ताको रकम तय गर्दै आएको छ ।