काठमाण्डौ : साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक १४.७० अंकले घटेर २५५६.९५ विन्दुमा झरेको छ । नेप्से ०.५७ प्रतिशतले घटेको हो । यता सेन्सेटिभ परिसूचक पनि ०.६५ अंकले घटेर ४८३.३९ विन्दुमा झरेको छ ।
कूल २१६ वटा कम्पनीको ६१ लाख ६ हजार ४ सय ५२ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ६३ करोड ५३ लाख ९० हजार ४ सय ६० रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज अन्य र सामूहिक लगानी कोषबाहेक बाँकी ११ वटा उपसमूहको सेयर घटेको छ । त्यसैगरी, बिहीबार कारोबार रकममा सानिमा बैंक लिमिटेडले अग्रता कायम गरेको छ । बैंकको २७ करोड १२ लाख ९७ हजार रूपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै जोशी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ५.८७ प्रतिशतले घटेर २ सय ८२ रूपैयाँमा झरेको हो ।