बागमतीको मुख्यमन्त्री पद आलोपालो चलाउने सहमति

जागरण पोस्ट ४ कार्तिक २०७८, बिहीबार १६:४६

काठमाण्डौ : नेकपा एकीकृत समाजवादी र नेपाली कांग्रेसले बागमती प्रदेशको मुख्यमन्त्री पद आधा–आधा कार्यकाल चलाउने सहमति गरेका छन् । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य बर्हिगमनमा परेपछि समाजवादी र कांग्रेसले आलोपालो सत्ताको नेतृत्व गर्ने लिखित सहमति गरेका हुन् ।

पहिला समाजवादी पार्टी प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्नेछन् । १४ महिनाको बाँकी कार्यकालमा पाण्डेले सात महिनापछि राजीनामा दिने र त्यसपछि कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँ मुख्यमन्त्री बन्ने सहमति भएको स्रोतले जनाएको छ ।

यसअघि समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बागमती प्रदेश सरकारको नेतृत्व आफुहरुले गर्ने सहमति भइसकेको दाबी गरेका थिए । कांग्रेसले आफ्नो दाबी नछोडेपछि सहमहामन्त्री डाक्टर प्रकाशशरण महतको उपस्थितिमा बसेको बैठकले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति जुटाएको हो ।

Facebook Comments

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

पहिला आयल निगम सुधार, अनिमात्र इन्धनको मूल्य समायोजन गर

काण्डै काण्डमा फसेको नेपाल आयल निगम सुधार नगरी सुखै छैन। जतिपनि सरकार आऊँछन- तिनिहरुको पहिलो प्राथमिकतामा हुन्छ मूल्यबृद्धि र करबृद्धि। हरेक सरकारबाट जनतालाई राहत हैन

जागरण पोस्ट १४ कार्तिक २०७८, आईतवार १३:४८

न्यायमूर्तीको मन्दिरमा इमानको संकट !

जागरण पोस्ट १२ कार्तिक २०७८, शुक्रबार ११:०५

कृषक र कृषिका अथाह पीडा – कहिले सरकारले ठग्छ त कहिले प्रकृतिले

जागरण पोस्ट ३ कार्तिक २०७८, बुधबार ०९:०१

नियतमैं खोट भएकालाई बदल्न सकिँदैन, थप बर्बादी हुनबाट रोक्ने हाम्रो दायित्त्व हो

जागरण पोस्ट २५ आश्विन २०७८, सोमबार १९:४९