कर्णाली सरकारले विपदमा मृत्यु भएकाको परिवारलाई २ लाख दिने

जागरण पोस्ट ५ कार्तिक २०७८, शुक्रबार १४:०१

काठमाण्डौ : कर्णाली प्रदेश सरकारले विपद्मा परेर मृत्यु भएकाहरुको परिवारलाई दुर्घटना बिमा बापत २ लाख रुपैयाँ दिने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा प्रदेश सरकारको शुक्रबार बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले यस्तो निर्णय गरेको हो । पछिल्लो पटकको बाढीपहिरोले कर्णालीमा ८ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

त्यस्तै प्रदेश सरकारले कृषकलाई अन्नबालीको क्षतिपूर्ति व्यवस्था समेत गर्ने भएको छ । वर्षातबाट भएको क्षतिको एकिन विवरण संकलन गरी सोही अनुरुप क्षतिपूर्तिको व्यवस्थापन गर्ने निर्णय गरिएको छ । त्यसैगरी विपद्मा घाइते भएकाहरुको उपचार खर्च प्रदेश सरकारले बेहोर्ने, अवरुद्ध भएका सडक, सिँचाई, खानेपानी र विद्युत पूर्वाधारको मर्मतसम्भार गरी तत्काल सञ्चालन गर्ने निर्णय पनि भएको छ ।

Facebook Comments

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

पहिला आयल निगम सुधार, अनिमात्र इन्धनको मूल्य समायोजन गर

काण्डै काण्डमा फसेको नेपाल आयल निगम सुधार नगरी सुखै छैन। जतिपनि सरकार आऊँछन- तिनिहरुको पहिलो प्राथमिकतामा हुन्छ मूल्यबृद्धि र करबृद्धि। हरेक सरकारबाट जनतालाई राहत हैन

जागरण पोस्ट १४ कार्तिक २०७८, आईतवार १३:४८

न्यायमूर्तीको मन्दिरमा इमानको संकट !

जागरण पोस्ट १२ कार्तिक २०७८, शुक्रबार ११:०५

कृषक र कृषिका अथाह पीडा – कहिले सरकारले ठग्छ त कहिले प्रकृतिले

जागरण पोस्ट ३ कार्तिक २०७८, बुधबार ०९:०१

नियतमैं खोट भएकालाई बदल्न सकिँदैन, थप बर्बादी हुनबाट रोक्ने हाम्रो दायित्त्व हो

जागरण पोस्ट २५ आश्विन २०७८, सोमबार १९:४९