मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने, आइतबार मतदान हुने

जागरण पोस्ट ५ कार्तिक २०७८, शुक्रबार १५:५३

काठमाण्डौ : अल्पमतमा रहेका प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मत लिने प्रस्ताव शुक्रबार प्रदेश सभा बैठकमा प्रस्तुत गरेका छन् । शुक्रबार संसद्को बैठकमा उनले बहुमत सांसदहरूले आफूलाई साथ दिने भएकोले विश्वासको मत लिन सफल हुने दाबी गरे ।

शुक्रबार बसेको कार्यव्यवस्था समितिको बैठकपछि मुख्यमन्त्री आचार्यले प्रदेश सभाको शुक्रबारको बैठकमा संविधानको धारा १८८ को उपधारा २ तथा प्रदेश १ को प्रदेश सभा नियमावली २०७४ को नियम १२८ को उपनियम ४ बमोजिम विश्वासको मत लिने प्रस्ताव प्रस्तुत गरेका हुन् ।

मुख्यमन्त्रीले प्रस्ताव पेस गरिसकेपछि सभामुख प्रदीपकुमार भण्डारीले ७ कात्तिक आइतबार दिउँसो साढे १२ बजेसम्मका लागि संसद्को बैठक स्थगित गराएका छन् ।

Facebook Comments

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

पहिला आयल निगम सुधार, अनिमात्र इन्धनको मूल्य समायोजन गर

काण्डै काण्डमा फसेको नेपाल आयल निगम सुधार नगरी सुखै छैन। जतिपनि सरकार आऊँछन- तिनिहरुको पहिलो प्राथमिकतामा हुन्छ मूल्यबृद्धि र करबृद्धि। हरेक सरकारबाट जनतालाई राहत हैन

जागरण पोस्ट १४ कार्तिक २०७८, आईतवार १३:४८

न्यायमूर्तीको मन्दिरमा इमानको संकट !

जागरण पोस्ट १२ कार्तिक २०७८, शुक्रबार ११:०५

कृषक र कृषिका अथाह पीडा – कहिले सरकारले ठग्छ त कहिले प्रकृतिले

जागरण पोस्ट ३ कार्तिक २०७८, बुधबार ०९:०१

नियतमैं खोट भएकालाई बदल्न सकिँदैन, थप बर्बादी हुनबाट रोक्ने हाम्रो दायित्त्व हो

जागरण पोस्ट २५ आश्विन २०७८, सोमबार १९:४९