ब्रेकिङ न्युज:

जनताका आकांक्षा धेरै छन्, सरकारलाई आलटाल गर्ने छुट छैन : मन्त्री राना

Jagaran Post ५ कार्तिक २०७८, शुक्रबार १६:१९

रुपन्देही : लुम्बिनी प्रदेश सरकारका उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री विरबहादुर रानाले अहिलेको सारकारलाई जनताका आकांक्षालाई ध्यान नदिएर कुनैपनि आलटाल गर्ने छुट नभएको बताएका छन् । रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले शुक्रबार आयोजना गरेको साक्षत्कार कार्यक्रममा बोल्दै मन्त्री रानाले जनताका आकांक्षा धेरै रहेकोले यो सरकारलाई आलटाल गर्ने छुट नरहेको बताएका हुन् । साथै आफूपनि उज्यालो लुुम्बिनी प्रदेश निर्माणको एक सुत्रीय एजेन्डा लिएर मन्त्रालयमा आएको उनको भनाई छ । जनप्रतिनिधिलाई खवरदारी आवश्यक रहेको बताउँदै उनले जनतालाई राजनीति तर्फ आक्रर्षित गर्ने वातावरण र्सिजना गर्नुपर्ने धारणा पनि राखे । त्यस्तै विपदका कारण पिडित किसानहरुलाई प्रत्येक्ष राहतका लागि प्रदेश सरकारले काम सुरु गरिसकेको पनि उनले जानकारी दिए ।

नेकपा एकीकृत समाजवादीका केन्द्रि सदस्य डा। बालकृष्ण चापागाईले लामो संघर्षबाट प्राप्त भएको संविधानलाई नै धरापमा पार्ने कोसिस विफल गराउन अग्रगामी शक्तिहरु सफल भएको बताउँदै अब देश पक्षगामीहरुलाई लत्ताएर अगाडी बढ्ने विश्वास व्यक्त गरे ।

नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले मिडियालाई नियन्त्रण गर्ने गरी विगत सरकारले ल्याएको कानूनलाई वर्तमान सरकारले निरन्तरता दिन खोज्नु विडम्बना भएको बताए । संविधानले दिएको पूर्ण प्रेस स्वतन्त्रताको अधिकारको मर्म विपरित आइरहेका कानूनहरु पारित हुने अवस्था आएमा त्यो मान्य नहुने भन्दै यस प्रकारका विधेयक फिर्ता गर्न पनि उनले आग्रह गरे । नेपाल अमेरिका पत्रकार महासंघका महासविच सुरज भण्डारीले पत्रकारिताले सरोकारवाला निकायको निरन्तर निगरानी गर्ने कार्यमा चुक्न नहुनेमा जोड दिए ।

सोही अवसरमा नेपाल अमेरिका पत्रकार महासंघको महासविचमा निर्वाचित भएको भन्दै क्लवले सुरज भण्डारीलाई बधाई सहित सम्मान गरेको थियो । कार्यक्रम क्लवका प्रदेश अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षता तथा तेजेन्द्र केसीको संचालनमा सम्पन्न भएको थियो ।

Facebook Comments

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

धेरैको अपेक्षा थियो- सरकार गठन भएको ६ महिनापछि सरकारप्रमुखको हैशियतमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा गर्ने भनिएको सम्बोधनले देशका खास मूलभूत समस्याहरुको सम्बोधन गर्नेछन। देशमा

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८

राप्रपा महाधिवेशन – स्पष्ट सन्देश !

Jagaran Post १९ मंसिर २०७८, आईतवार १६:२५

नेकपा एमाले – `इलेक्सन´ कि `ओली सेलेक्सन?´

Jagaran Post १३ मंसिर २०७८, सोमबार ०६:१९