चाउसेस्कु भन्थे- स्याऊको बोटमा अम्बा फल्न सम्भव भएको दिनमामात्र रुमानियाको शाषनमा हेरफेर हुनसक्छ

Jagaran Post ७ कार्तिक २०७८, आईतवार १२:२७

निकोलाए चाउसेस्कु Nicolae Ceaușescu (१९१८–१९८९) गाउँको एउटा गरीब किसान परिवारमा ९ सन्तानमध्येको एक भएर जन्मेका, रोमानियाका कम्युनिस्ट तानाशाह थिए । कम्युनिस्ट नेता गियोर्गी गेर्गियोदेज (१९०१–६५) को निधनपछि रोमानियाली कम्युनिस्ट पार्टीको महासचिव (१९६५–८९) र राष्ट्रप्रमुख (१९६७–८९) उनी अन्त्यमा कम्युनिस्ट शासनका भयानक उदाहरणका रुपमा चिनिए र पत्नीसँगै मारिए पनि ।

निकोलाए चाउसेस्कु
निकोलाए चाउसेस्कु

तत्कालीन सोभियत संघको समुहमा भएका र शीतयुद्धको मोर्चा बनेका पूर्वी युरोपका कतिपय मुलुकहरूको ‘वार्सा सन्धी संगठन’ को तर्फबाट चेकोस्लोभाकियामाथि सैनिक हमला गरेकोलाई रोमानियाले विरोध गरेको (१९६८ अगस्ट २१) चाउसेस्कुको भाषणले जनतामा लोकप्रियता ह्वात्तै बढायो भने पश्चिमा जगतमा ब्यापक खैलाबैला सहित आकर्षण पैदा गरेको थियो ।

चाउसेस्कु स्वाभिमानी देशभक्त नेताका रुपमा चिनिए । तर उनको यो पहिचान धेरै काल टिक्न सकेन, पूर्वी युरोपेली मुलुकका कम्युनिस्ट शासनमध्ये सबभन्दा दमनकारी, सर्वसत्तावादी, ऐयासी, कठोर शासकका रुपमा चिनिन थाले । उनको जीवनशैली, दिनमा २० पटक विशेष अल्कोहलले हात धोएर ब्याक्टेरिया फ्रि बनाउने अनौठो आदत विवादको विषय बन्यो । उनले सामान्य जनसमुदायको निगरानी, चियो र जासुसी गर्न, यतिसम्म कि पार्कमा बसेका मानिसमाथि पनि निगरानी गर्ने देशब्यापी शक्तिशाली गुप्तचर पुलिस (अनुसन्धान निकाय) आफ्नो मातहतमा खडा गरे । प्रेस वा सञ्चारमाध्यम उपर लिएको दमन नीतिको नतिजास्वरुप मौलिक हक खोज्ने नागरिकलाई आतंकित बनाएको थियो।

चाउसेस्कुलाई ‘कन्डुकेडर’ (‘बा’ जस्तै नेता) भनेर उनको गुणगान गाउने सरकारी अधिकारीलाई भ्रष्टाचार र अत्याचार गर्न अघोषित छुट थियो, त्यसको सुनवाई हुने ठाउँनै थिएन । उनको शासनको गुणगान गर्न आधिकारिक उर्दी नै थियो । गुणगानमा स्कूलका बालबालिकालाई विशेष गीत गाउन सिकाईएको थियो । रुमानियालाई विश्वशक्ति बनाउने भन्दै जनसंख्या अत्यधिक बढाउन उनले गर्भपातलाई प्रतिबन्ध लगाए भने पारपाचुके अधिकार बन्द गरे । मानवअधिकारको अवस्था एकदमै खराब भएर गयो । ७० को दशकतिर अर्थतन्त्रमा कुव्यवस्थापनकै कारण रुमानियालाई विदेशी ऋणले हायलकायल बनायो । ऋण तिर्न रुमानियाले अन्न, तरकारी, मासु, फलफूल, दुग्धउत्पादनलगायतका वस्तु पनि निर्यात गर्नुपर्ने भयो । अर्कातिर देशभित्र पानी पनि कोटा (राशनिङ्) को वस्तुमा राखिएपछि अवस्था कति भयावह भएको थियो होला ! तेल, ग्यास, विद्युत, औषधिजस्ता वस्तुसमेत राशनिङ्मा अल्पआपूर्ति गरियो । सोभियत संघ र अन्य मुलुकसँगको सम्बन्ध चिसियो । खाली चीन, उत्तर कोरिया, तत्कालीन उत्तर भियतनाम र मंगोलियासँग रुमानियाको सम्बन्ध राम्रै थियो ।

जनतामा भरिएको आक्रोसको बारुद १९८९ को डिसेम्बरमा तिमिसोएरा सहरबाट विष्फोटन भयो, त्यसलाई दबाउन उनले १७ डिसेम्बरमा सेना परिचालन गरे । खान मागेका जनतामाथि सरकारले गोली बर्सायो, धेरै नागरिकहरू हताहत भए । त्यसले दावानल झैँ तुरुन्तै देशब्यापी उग्ररुप लियो । जनताले शासनमा सुधारको माग गरे, तर चाउसेस्कुले आफ्नो भाषणमा माथि उल्लेखित ओठे जवाफ फर्काएका थिए । रोमानियाली क्रान्तिको रुपमा राजधानी बुखारेस्ट र देशब्यापी भयो ।

‘कन्डुकेडर’ चाउसेस्कु र ‘राष्ट्रमाता’ भनिएकी पत्नी एलिना हेलिकप्टरमा भाग्न लागे पनि पक्ष परिवर्तन गरेको रुमानियाली सेनाले दुवैलाई पक्रियो, आर्थिक अपराध, आमनरसंहार, भ्रष्टाचार जघन्य शासकीय अपराध मच्चाएकोमा तुरुन्त मारियो । चाउसेस्कुको ठाउँमा जनआन्दोलनका नेता ईओन ईलिएस्कु (१९३०- ) विराजमान (१९८९-९६ र २०००-२००४) भए।

चन्द्रमणि गौतम 

twitter.com @jagaranpost

 

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८